Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ । पार्टीले रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’ समेत वाचा पत्रमा उल्लेख गरेको छ । रास्वपाले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै दलित तथा पछाडि पारिएका समुदायसँग औपचारिक रूपमा क्षमा याचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा गरेको छ । साथै २०८२ भदौ २३ र २४ मा भएको 'जेन–जी' आन्दोलनका घटनाको छानबिन प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत पार्टीले गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री हुन नपाउने

रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ । साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था, सांसद मन्त्री हुन नपाउने र गैरदलीय स्थानीय सरकारजस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ । सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने गरी कार्यविधि बनाउने घोषणा समेत पार्टीले गरेको छ । सरकारी सेवामा दलगत आबद्धता अन्त्य गर्ने, भ्रातृ सङ्गठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’ तटस्थ संरचनामा रूपान्तरण गर्ने योजना समावेश गरिएको छ ।

सबै सरकारी सेवा अनलाइनबाटै

पार्टीले सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण गर्ने र ‘डिजिटल सर्भिस डेलिभरी’ समयबद्ध रूपमा लागू गर्ने योजना अघि सारेको छ । फाइल प्रक्रियामा समयसीमा तोकी ढिलाइ भए स्वतः स्वीकृति वा जबाफदेही बनाउने प्रणाली लागू गर्ने वाचा समेत रास्वपाले गरेको छ ।

वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि

पार्टीले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको छ । कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा पनि पार्टीले गरेको छ । निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानुन खारेज गर्ने रास्वपाको योजना छ। सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिबद्धता पनि पार्टीले गरेको छ ।

राष्ट्रिय रणनीतिक उद्योग र सातै प्रदेशमा डिजिटल पार्क

रास्वपाले सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको १ अर्ब ५० करोड डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पुर्‍याउने घोषणा गरेको छ । सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने नीति लागू गर्ने पनि वाचा पत्रमा उल्लेख छ ।

ऊर्जा विकास दशक : ३० हजार मेगावाट जडित क्षमताको लक्ष्य

पार्टीले आगामी दशकमा ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास दशक’ घोषणा गर्ने वाचा गरेको छ । ऊर्जा आयोजनाका लागि एकद्वार सेवा, निजी क्षेत्रको संलग्नता विस्तार र छिमेकी मुलुकसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने पार्टीको योजना छ । रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना, मेची–महाकाली विद्युतीय रेल, प्रमुख सहरसम्म शाखा मार्ग तथा चीन–भारत रेल सञ्जालसँग जोड्ने दीर्घकालीन योजना वाचा पत्रमा समेटिएको छ ।

रास्वपाको विदेश नीति : भाइब्रेन्ट ब्रिज

नेपाललाई 'बफर स्टेट' बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने अवधारणासहित सन्तुलित कूटनीति अवलम्बन गर्ने नीति लिइएको छ । प्रवासी नेपालीलाई दोहोरो नागरिकताको नीति, विदेशबाटै मतदानको अधिकार र 'राष्ट्रिय ज्ञान बैंक' स्थापना गर्ने वाचा पनि पार्टीले गरेको छ । सत्तामा पुगेपछि बिग्रिने राजनीतिक संस्कृतिबाट टाढा रहने प्रतिबद्धता जनाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र आन्तरिक अनुशासन संयन्त्र बलियो बनाउने उल्लेख गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध

काठमाडौँ। सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएको छन । समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरो...

काठमाडौँ महानगरद्वारा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रमको सुरुवात, नि:शुल्क ‘वाटर एटिएम’ सञ्चालनमा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि ...

आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ: सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताएको छन् । शुक्रवार स...

प्रतिनिधि सभाको शिक्षा समितिको सभापतिमा शेरचन बहुमतले निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचन बहु...

निजी विद्यालयहरूले भन्यो: वैशाखको शुल्क अनिवार्य तिर्नपर्छ, भ्रामक प्रचारमा नर्पन आग्रह

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूका चार प्रमुख छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने स्पष्ट पारेका छन्। सा...

संसद्का १२ समितिका सभापति चयन हुँदै

काठमाडौँ। सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा...

त्रिवेणी–दुम्किबास सडकमा प्रधानमन्त्रीको चासो

नवलपुर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को काम तत्काल अगाडि बढ्ने भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending