Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विमानस्थलको नाममा फँडानी, वन क्षेत्र बन्याे घाँसे मैदान

खबरडबली संवाददाता

उदयपुर । विनायोजना विमानस्थल निर्माणको नाममा ठुलो परिमाणमा गरिएको वन फँडानीपछि उदयपुरको त्रियुगा नगरपालिका–१ र २ स्थित जोगीदह क्षेत्र अहिले संरक्षण अभावमा बेवारिसे जस्तै बनेको छ । सगरमाथा विमानस्थल निर्माणको बहानामा करिब १०५ हेक्टर वन क्षेत्र अहिले घाँसे मैदान र गाई–भैंसी चराउने चौरमा परिणत भएको छ ।

डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहका अनुसार शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतीहायी सामुदायिक वन उपभोक्ता समूहको करिब १०५ हेक्टर वन क्षेत्र काटिएको हो । उनका अनुसार विमानस्थलका लागि १५६.११ हेक्टर आवश्यक पर्ने देखिए पनि हालसम्म त्यसको स्पष्ट टुंगो छैन। “वन मन्त्रालयको निर्देशनअनुसार कानुनी प्रक्रिया पुर्‍याएर एक–दुई वर्षअघि नै रुख काटिएको हो,” साहले भने ।

डिभिजन वन कार्यालय प्रमुख घनेन्द्र श्रेष्ठका अनुसार फँडानीपछि उक्त जमिनको संरक्षण जिम्मा नागरिक उड्डयन प्राधिकरणको हो । तर प्राधिकरणले हालसम्म कुनै योजना अघि नबढाएको उनी बताउँछन् ।

स्थानीय प्रारम्भिक निर्माण समितिका काेषाध्यक्ष रुद्र अधिकारी भन्छन्, “विमानस्थल बन्छ कि बन्दैन, थाहा छैन। हरियाली वन आज घाँसे मैदान बनेको छ ।”

२०७८ भदौ २५ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले सगरमाथा विमानस्थलका लागि वन क्षेत्र खाली गर्न अनुमति दिएको थियो । त्यसअनुसार २०७८ माघ २४ मा वन मन्त्रालय, भूसंरक्षण विभाग र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भई रुख कटान भएको डिभिजन वनले जनाएको छ ।

तर जिल्ला मालपोत कार्यालयका प्रमुख डुविन्द्रप्रसाद बरालका अनुसार सो जग्गा अझै पनि सरकारी वनकै नाममा छ । “हाम्रो कार्यालयबाट टिप्पणी नउठीकन विमानस्थलको नाममा दर्ता हुन सक्दैन,” उनले स्पष्ट पारे । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले भने, “डिपिआर नै नबनीकन वन उजाडिनु दुःखद छ । अन्य विकल्पका खाली जमिन हुँदाहुँदै पनि चुनावी प्रचारका लागि वन फँडानी भयो ।”

त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि त्यस क्षेत्रलाई भविष्यमा उपयोग गर्ने गरी घेराबार गर्ने तयारी भएको बताए । राजनीतिक दलहरूमा पनि फरक मत छ । नेकपा एमाले उदयपुर अध्यक्ष भागवत राउतले डिपिआर तयार नभई गरिएको फँडानीलाई गलत ठहर गरेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक निरज पाैडेलले भने अब छिटो निर्माण अघि बढाउन संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता तथा सांसद डा. नारायण खड्काले निर्माण प्रक्रिया सुरु भएको दाबी गरे ।

नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख हरिप्रसाद अधिकारीका अनुसार हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छैन । “फिजिबिलिटी अध्ययनअनुसार निर्माण खर्च करिब तीन–चार अर्ब लाग्ने अनुमान छ,” उनले बताए । प्राधिकरणका प्रवक्ता बबुराम पौडेलका अनुसार प्राविधिक मापदण्ड मिल्दो भए पनि बजेट अभावका कारण योजना अघि बढ्न सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: