बागलुङ । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ।
सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन्। अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन्।
अनुदान पाउनका लागि दूधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम दुई सय लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार केन्द्रको सफल तथा प्रभावकारी कार्यक्रममध्ये उत्पादनका आधारमा दूध किसानले पाउने प्रोत्साहन रकम रहेको छ। किसानले उत्पादन गरेको दूध सोझै बजारमा बिक्री गर्नेले भने अनुदान नपाउने सापकोटाको भनाइ छ।
'उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी अनुदान कार्यक्रम हो, किसानले जति धेरै उत्पादन गर्छन् उति नै बढी अनुदान पाउँछन्, चालु आवमा समेत दूध किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन रु ३८ लाख बजेट व्यवस्थापन गरिएको छ,' सापकोटाले भने, 'दूध उत्पादन भएर एकमुष्ट बजारीकरण गर्न किसानलाई सहकारीमार्फत अनुदान दिएका छौँ, उक्त अनुदान वार्षिक रूपमा बढ्दै आएको छ।'
आव २०७८/७९ मा चार लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरेको केन्द्रले गत आवमा सात लाख ४६ हजार ५५४ लिटर दूधमा रु ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो। किसानलाई १० लाख लिटर दूधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाइ छ।
बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ उत्पादन सहकारीले दूधको सङ्कलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठवटा सहकारीमा दूध सङ्कलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु पाँचका दरले अनुदान प्राप्त गरेका हुन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: