Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जेनजी आन्दाेलनमा सिधै गोली हान्ने अधिकार दिने काे हाे ?

खबरडबली संवाददाता

काठमाडाैं । मानव अधिकारको विश्वव्यापी मान्यता र नेपालको कानुनले सुरक्षाकर्मीलाई सिधै गोली हान्ने अधिकार दिएको छैन । भीड नियन्त्रणको सिलसिलामा गोली प्रहारलाई अन्तिम र बाधात्मक अवस्थाको उपज मानिन्छ । त्यो अवस्थामा पनि घुँडामुनी रबरको गोली हान्नेसम्मको अधिकार कानुनले दिएको छ । 

त्यसअघि परिस्थितिको विश्लेषण र सम्भावित जोखिम मूल्यांकन गरेर लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा हान्नेजस्ता भीड नियन्त्रणका सबै प्रयास अपनाइन्छ । तर, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले गरेको आन्दोलनमा गोली प्रहारको विश्वव्यापी यो मापदण्ड उल्लङ्घन भएको छ । प्रदर्शनकारीको टाउकोमा ताकेर अलग-अलग मेटल गोली प्रहार भएको पाइएको छ । 

भदौ २३ गते युवा-विद्यार्थीहरू शान्तिपूर्ण प्रदर्शनका लागि माइतीघर मण्डलामा उत्रिएका थिए । मण्डलादेखि बानेश्वरसम्म नाराबाजी गर्दै सरकारलाई आफ्ना कुरा सुनाउने पूर्वनिर्धारित कार्यक्रम थियो । जब प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढ्दै गयो,भीड पनि बढ्न थाल्यो । विभिन्न स्वार्थ समूहहरू थपिँदै गए,उग्र नारा लाग्न थाल्यो । त्यतिञ्जेलसम्म सडकमा ब्यारिकेड राखेर तैनाथ प्रहरीले बल प्रयोग गरिसकेको थिएन । 

तर, जब ठूलो संख्यामा रहेका युवा बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढे त्यसपछि प्रहरीले रोक्न खोज्यो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भयो । प्रहरीले लाठीचार्ज गर्यो,पानीको फोहोर र अश्रुग्यास हानियो । तर,भीड तितरवितर हुनुको साटो झन् संगठित हुन थाल्यो । त्यतिबेलासम्म एउटा समूह संसद भवनभित्र छिरेर तोडफोडमा उत्रिसकेको थियो । त्यसपछि भने प्रहरीले गोली चलाउन थाल्यो । शान्तिपूर्ण भनिएको प्रदर्शन रणभूमिमा परिणत भयो । कलेज ड्रेसमा रहेका १९ वर्षीय किशोरसहित २२ जना गोली लागेर सडकमै ढले ।

प्रदर्शनकारीको टाउकोमा ताकेर मेटल गोली कसले प्रहार गर्यो ? संसद भवन जोगाउन अन्तिम अवस्थासम्म सडकमै खटिएको प्रहरीले हानेको गोली टाउकोमा लाग्न कसरी सम्भव हुन्छ ?

एक-डेढ घण्टाको वीचमा डेढ दर्जन बढी कलिला स्कुले विद्यार्थीको ज्यान गएको यो घटना सामान्य होइन । यसले तत्कालीन सरकारको नालायकी त उदाङ्गो पारेकै छ, आन्दोलनमा भएको घुसपैठ र बेलैमा परिस्थितिको सही मूल्यांकन गरेर उचित सुरक्षा रणनीति बनाउन नसक्ने सुरक्षा निकायको कमजोरी पनि उत्तिकै जिम्मेवार छ ।

अघिल्लो दिनको दमनविरुद्ध भन्दै भोलिपल्ट सडकमा उत्रिएको समूहले मच्चाएको लुटपाट,तोडफोड र आगजनीबाट थप हताहती भयो । दुई दिनमा ७२ जनाले ज्यान गुमाए भने खर्बौंको भौतिक संरचना क्षणभरमा खरानीमा परिणत भयो । मृत्यु हुनेमा जेन–जी,प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र भारतीय नागरिकसमेत छन् ।

प्रश्न उठ्छ- प्रदर्शनकारीको टाउकोमा ताकेर मेटल गोली कसले प्रहार गर्यो ? संसद भवन जोगाउन अन्तिम अवस्थासम्म सडकमै खटिएको प्रहरीले हानेको गोली टाउकोमा लाग्न कसरी सम्भव हुन्छ ? जबकि संसद भवन जोगाउन अन्तिमसम्म प्रयास गरेको प्रहरीले बाध्यात्मक अवस्थामा रबर बुलेट प्रयोग गरेको दाबी गरेको थियो । अहिले पनि प्रहरीको उच्च स्रोत यसमा ढुक्क देखिन्छ । यसबारे जनआस्थाले राखेको जिज्ञासामा एक उच्च अधिकारी भन्छन्, 'सरकारले छानविनको तयारी गरिरहेकाले अहिले हामी बोल्न मिल्दैन, तर भित्री खेल डरलाग्दो छ । समयक्रममा क्रमश: खुल्दै जाला ।' 

अझ शंकास्पद कुरा चाहिँ  मृतक अधिकांशको कम्मरभन्दा माथि मेटल गोली लाग्दा अस्पतालमा उपचारत प्राय: सबै घाइतेलाई भने घुँडा मुनी रबरको गोली लागेको देखिन्छ । टाउकोमा लाग्नुको मतलब घरको छतबाट गोली हानिएको सहज आकलन गर्न सकिन्छ । के प्रहरीले नै घरको छतमा गएर गोली चलाएको थियो ? अथवा जेन-जी आन्दोलनलाई ढाल बनाएर बितण्डा मच्चाउने परिचालित समूहको हात छ ?  

एकातिर प्रहरीले रबर बुलेट चलाएको दाबी गर्नु ,अर्कोतिर मृतक अधिकांशको टाउको र छातीमा मेटल गोली लागेको भेटिनुले केही न केही गडबडीको संकेत गरेकै छ । मृतकलाई लागेको गोली र त्यसदिन सुरक्षाकर्मीले प्रयोग गरेका हतियारमा लाग्ने गोलीबारे अध्ययन गर्ने हो भने यो तथ्य बाहिर आउने नै छ । विभिन्न स्वार्थ समूहको घुसपैठ भएको आन्दोलन आयोजक र सरकार दुबैले स्वीकार गरेको अवस्थामा छानविन यहाँबाट हुनुपर्ने देखिएको छ । सम्पादक: जनआस्था डटकमबाट    

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: