न्युयोर्क । गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकमा यस वृद्धिको विनाशकारी प्रभाव परेको बताए । उनले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नागरिक र मानवीय कामदारको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आह्वान गरे ।
डुजारिकले युएनआरडब्लुईका आयुक्त-जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गाजा सहरमा एजेन्सीसँग सम्बन्धित १० भवन चार दिनमै बम प्रहारबाट नष्ट भएको जानकारी दिए । तीमध्ये सात वटा विद्यालय र दुई वटा स्वास्थ्य क्लिनिक रहेका थिए, जसलाई हजारौँ विस्थापित व्यक्तिले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।
उनीका अनुसार दक्षिणतर्फ जान उपलब्ध एक मात्र मार्ग राशिद रोड अत्यधिक भीडभाडयुक्त भएको छ । विस्थापित व्यक्ति त्यही बाटो प्रयोग गर्न बाध्य छन् । तर मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले दक्षिणतर्फ सर्नका लागि लागत बढेर एक हजार छ सय डलरसम्म पुगेकाले धेरै मानिस त्यो खर्च बेहोर्न नसकी गाजाको उत्तरी भागमै बस्न बाध्य भएको जनाएको छ ।
डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँच बिना विशेष गरी बालबालिकामा भोकमरी चर्किने चेतावनी दिए । उनले संयुक्त राष्ट्रसङ्घका साझेदारलाई उद्धृत गर्दै गाजा सहरका एक तिहाइ कुपोषण उपचार केन्द्र जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: