बैङ्कक । चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ । यसरी गरिएको संरक्षण प्रक्रिया इजिप्टका ममीहरू भन्दा हजारौँ वर्ष अघिदेखि प्रभावकारी रूपमा प्रयोग भएको पत्ता लागेको हो ।
प्राचीन इजिप्टका पट्टीले बेरेका शव करिब चार हजार पाँच सय वर्ष पुराना भए पनि ममीकरणको अघिल्लो प्राचीन उदाहरण चिलीका अटाकामा तटवर्ती समाजबाट आएका थिए । त्यहाँ सुक्खा हावाले शव स्वाभाविक रूपमा सुकाउने गथ्र्यो । तर चीन, भियतनाम, फिलिपिन्स, लाओस, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया जस्ता आद्र्र क्षेत्रका चिहानमा भेटिएका शवमा अनुसन्धानकर्ताले असामान्य विकृति देखे । अवशेषमा जलेका निशान भेटिए पनि दाहसंस्कारसँग मेल खाँदैनथे ।
शवमा नरम तन्तु हराइसकेको देखिनु, वास्तवमा धुवाँले सुकाइएका ममीहरूको परिणाम हुन सक्ने निष्कर्षमा उनीहरू पुगे । वैज्ञानिकहरुले जापानका प्राचीन स्थलका नमूनासँग तुलना गर्दा, हड्डीमा कम तापक्रमको असर भेटियो, जसले शव दाहसंस्कार नभई संरक्षण गर्ने उद्देश्य प्रष्ट गर्यो । केही नमूना १० हजार वर्षभन्दा पुराना थिए, जसले ममीकरण अभ्यास पहिले सोचिएभन्दा हजारौँ वर्ष अघिदेखि प्रचलनमा रहेको देखायो ।
“यो ठूलो आश्चर्य थियो”, अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता सियाओ-चुन हङले भने, “यति पुराना हड्डीमा यस्तो परम्पराको प्रमाण भेटिनु उल्लेखनीय छ । यसले प्राचीन मानिसको अभ्यासलाई आजसम्म जीवित केही संस्कृतिसँग जोड्छ ।” अनुसन्धानकर्ताले धुवाँ उष्णकटिबन्धीय जलवायुमै शव संरक्षणको सबैभन्दा प्रभावकारी विधि भएको मात्र नभई, सांस्कृतिक महत्वसमेत भएको निष्कर्ष निकाले । इन्डोनेसिया र अस्ट्रेलियाका समाजमा अझै पनि शवलाई बाँधेर निरन्तर जलिरहेको आगोमाथि महिनौँसम्म राख्ने चलन छ ।
यसले आफन्तलाई मृतकसँग निरन्तर सम्पर्कमा राख्ने मात्र नभई, आत्मा दिनमा स्वतन्त्र रूपमा घुम्ने र रातमा शरीरमा फर्कने विश्वास पनि दिलाउँथ्यो । “मलाई लाग्छ, यसले गहिरो मानवीय भाव व्यक्त गर्छ-हाम्रा प्रियजन सधैँ हाम्रो साथमै रहने कालातीत इच्छा”, हङले भने । अनुसन्धानकर्ताले यो अभ्यास प्राचीन एसियाली सभ्यतामा व्यापक हुन सक्ने अनुमान गरेका छन् ।
प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा सोमबार प्रकाशित अध्ययनमा उनीहरूले लेखेका छन्, “यो परम्परा विशाल क्षेत्रका सिकार-सङ्कलक समाजमा धेरै सहस्राब्दीदेखि परिचित हुन सक्ने सङ्केत गर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: