लहान। नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको क्रममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानको अनुसार जिल्ला अदालत सिराहा, नापी कार्यालय लहान, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान सिराहामा आगजनी गरी तोडफोड गरेर क्षति पुगेको छ ।
पूर्वमन्त्री तथा सिराहा–३ का सांसद लीलानाथ श्रेष्ठ मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको गोलबजार नगरपालिकास्थित घरमा आगजनी गरेर पूर्ण क्षति पुर्याएका छन् । यसै गरी गोलबजार नगरपालिका नगरप्रमुख श्याम श्रेष्ठ, धनगडीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाको निजी सम्पत्तिमासमेत क्षति पुर्याएको सूचना अधिकारी पासवानले जानकारी गराए।
बाह्र स्थानीय तहका ३७ वटा भौतिक संरचनामा क्षति भएको छ भने प्रहरीको आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । प्रहरीले प्रयोग गरिरहेको तीन वटा चार पाङ्ग्रे र छ वटा दुई पाङ्ग्रे गाडी क्षति भएको छ । प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै क्षति भएको छैन ।
लहानस्थित खाद्य व्यवस्था कम्पनी शाखा कार्यालयमा रहेको तीन हजार दुई सय क्विन्टल चिनी र आठ हजार क्विन्टल चामल गरी कार्यालयका सबै भौतिक क्षति गरेर ११ करोड रुपियाँको क्षति भएको कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । यसै गरी लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय पूर्ण रूपमा क्षति भएकाले एक करोड रुपियाँभन्दा बढीको क्षति भएको कार्यालय प्रमुख किशोरी शरण यादवले जानकारी दिए । लहान नगरपालिकाको कुनै पनि शाखा सुरक्षित नभएको यस कार्यालयको दुई करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय प्रमुख जयकान्त झाले जानकारी दिए। सिराहामा भएको यकिन क्षतिबारे अझै तथ्याङ्क सङ्कलन भइरहेकाले चाँडै नै जानकारी गराउने जिल्ला प्रशासन कार्यालय सिराहाले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...
आषाढ़ ८ गते, २०८३ - १४:४५
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...



प्रतिकृया लेख्नुहोस्: