Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

लहानमा तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति

खबरडबली संवाददाता

लहान। नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको क्रममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानको अनुसार जिल्ला अदालत सिराहा, नापी कार्यालय लहान, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान सिराहामा आगजनी गरी तोडफोड गरेर क्षति पुगेको छ । 

पूर्वमन्त्री तथा सिराहा–३ का सांसद लीलानाथ श्रेष्ठ मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको गोलबजार नगरपालिकास्थित घरमा आगजनी गरेर पूर्ण क्षति पुर्‍याएका छन् । यसै गरी गोलबजार नगरपालिका नगरप्रमुख श्याम श्रेष्ठ, धनगडीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाको निजी सम्पत्तिमासमेत क्षति पुर्‍याएको सूचना अधिकारी पासवानले जानकारी गराए। 

बाह्र स्थानीय तहका ३७ वटा भौतिक संरचनामा क्षति भएको छ भने प्रहरीको आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । प्रहरीले प्रयोग गरिरहेको तीन वटा चार पाङ्ग्रे र छ वटा दुई पाङ्ग्रे गाडी क्षति भएको छ । प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै क्षति भएको छैन । 

लहानस्थित खाद्य व्यवस्था कम्पनी शाखा कार्यालयमा रहेको तीन हजार दुई सय क्विन्टल चिनी र आठ हजार क्विन्टल चामल गरी कार्यालयका सबै भौतिक क्षति गरेर ११ करोड रुपियाँको क्षति भएको कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । यसै गरी लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय पूर्ण रूपमा क्षति भएकाले एक करोड रुपियाँभन्दा बढीको क्षति भएको कार्यालय प्रमुख किशोरी शरण यादवले जानकारी दिए । लहान नगरपालिकाको कुनै पनि शाखा सुरक्षित नभएको यस कार्यालयको दुई करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय प्रमुख जयकान्त झाले जानकारी दिए। सिराहामा भएको यकिन क्षतिबारे अझै तथ्याङ्क  सङ्कलन भइरहेकाले चाँडै नै जानकारी गराउने जिल्ला प्रशासन कार्यालय सिराहाले बताएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending