Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

कोरालाकोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सञ्चालनले व्यवसायी उत्साही

खबरडबली संवाददाता

म्याग्दी। मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । 

तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । 

भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। 

बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए। “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरु उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”

कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताउनुभयो ।  

समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताउनुभयो । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् । 

नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । 

रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

एमालेले युवालाई १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने

काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...

पाँच वर्षमा १५ लाख रोजगारी दिने कांग्रेसको योजना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...

यस्तो छ रास्वपाको चुनावी वाचापत्र (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...

प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ, डिबेटमा नजाने कुरा गलत व्याख्या: रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...

कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने बालेन शाहको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...

जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE