लमजुङ । लमजुङमा डेङ्गु संक्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेंगु संक्रमितहरु बढ्दै गएका हुन् ।
बेसीशहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बसोबासका आधारमा प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै बेसीशहरमा डेङ्गु संक्रमित देखिएका छन् ।
दुई महिनाको अवधिमा बेसीशहरका मात्रै ३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको कार्यालय प्रमुख प्रविण खनालले जानकारी दिए। सोबाहेक जिल्लाको राइनास नगरपालिकामा १७ जना, मस्र्याङ्दी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठजना, मध्यनेपाल, दुधपोखरी र क्व्होलासोँथारमा एकएक जनामा डेंगु सक्रमण देखिएको छ । त्यसैगरी जिल्लाबाहिरका आठजना पनि डेङ्गु संक्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै जिल्लामा पाँच सयभन्दा बढीलाई डेङ्गु संक्रमण भएको थियो । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म मात्रै जिल्लामा पाँचसय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख खनालले जानकारी दिए ।
डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि बेंसीसहरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएपनि प्रभावकारी बन्न सकेको छैन् । डेङ्गु सङ्क्रमण रोकथामका लागि लार्भा खोज र नष्ट गर अभियानको सुरुवात गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संक्रममण न्यूनिकरण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
डेङ्गु फैलन नदिन लामखुट्टेको प्रजनन् र वृद्धि हुने स्थान वा वस्तुहरु पहिचान गरेर सबै नागरिकहरु जागरुकका साथ लागिपर्ने हो भने न्यूनीकरण गर्न सकिने बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: