Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

जेनजी आन्दोलनको कारण उपभोग्य वस्तुको मूल्य बढ्यो, स्थानीय आन्दोलित

खबरडबली संवाददाता

कावासोती। जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयबासीको भनाइ छ । 

भदौ २३ गतेदेखि चलेको जेनजी आन्दोलनले बजारमा पाइने दैनिक उपभोग्य बस्तुुमा चर्को मूल्य वृद्धि हुुन थाले पछि उद्योग बाणिज्य सँघले समेत स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको गैंडाकोट उद्योग बाणिज्य सँघका अध्यक्ष दिपक सापकोटाले बताए। खाने तेलदेखि नुन,तरकारी देखि साबुन लगायत हरेक बस्तुमा मनोमानी ढँगले मूल्य बढेपछि बाध्य भएर चर्को मूल्यमा सामान किनेर खान परेको गैंडाकोट नगरपालिका १५ अमरापुुरीका किसान शिबकुमारी रानाभाटले बताए ।

दैनिक उपभोग्यका बस्तुमा भएको चर्को मूल्यले किसानहरु खान बाध्य भए पनि कहीँ कतैबाट यसको नियन्त्रण हुन नसकेको हुपसेकोट गाउँपालिकाका किसान भीम बहादुर सारु मगरले बताए। अहिले नजिकिएका चाडपर्बलाई लक्षित गरेर र जेनजीका आन्दोलनका कारण जथाभाबी गरिएको मूल्य वृद्धिले धेरै स्थानीय पीडित बन्दै जान थालेपछि जिल्ला अनुुगमन समितिले जिल्ला भरि रहेका पसल देखि होटल सम्म तरकारी पसल देखि ब्यापारी सम्मका घरघरमा पुुगेर कडाईका साथ छानबीन थालेको प्रमुख जिलला अधिकारी भबिश्वर पाण्डेले बताए। 

पूर्बी नवलपरासीका सबै ठाउँमा ब्यवसायीहरुले सामान बिक्रीका नाममा चर्को मूल्य कायम गरि बिक्री बितरण गर्न थाले पछि नागरिक स्तरमा समेत यसको छानबीन हुन थालेको देबचुली उद्योग बाणिज्य सँघका सँस्थापक अध्यक्ष धर्मराज बस्यालले बताए।

जिल्लामा अहिले जेनजीका नाममा भएको आन्दोलनले स्थानीय स्तरमा महँगी बढाएको छ भने महँगीको कारण उनहिरुमा नैराश्यता छाएकाले यसलाई तत्काल रोक्न पनि नागरिक स्तरबाट आवाज उठेको कावासोती नगरपालिका १ का अमरसिहँ बिकले बताए।

स्थानीय प्रशासनले जिल्ला भरि अनुगमन थाले सँगै महँगीमा बिक्री गर्ने जो कसैलाई पनि पक्राउ गरेर कारबाही गर्न सूचना जारी गरे पछि महँगी घटने अनुुमान गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लामा २० प्रतिशत माथि महँगी बढेसँगै नजिकिएको ठुला चाडपर्बमा अझै महँगी बढ्ने भएकाले जिल्ला प्रशसनले यसलाई कडाईका साथ नियन्त्रण गर्न अघि बढ्नुपर्ने गैंडाकोट नगरपालिका ५ का नागरिक समाजका अगुवा नारायण प्रसाद गौडेलले बताए।

दैनिक उपभोग्यका बस्तुमा मनपरी मूल्य वृद्धि भएपछि सर्बसाधारण नागरिकको दैनिकी समेत कसरी चल्ने भन्ने अन्यौलले थप सास्ती खेप्नु परेको र यसलाई तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासन सँग माग गरिएको मध्यबिन्दु नगरपालिका ३ का सुभाष चन्द्र नेपालले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending