तनहुँ । जेन-जी प्रदर्शन पश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ।जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपि दिने काम सुरु हुने जनाएको छ।
जेन-जीको प्रदर्शनका क्रममा कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट भौतिक संरचनासहित कार्यालय उपकरण, फर्निचर तथा अभिलेख जलेर नष्ट भएका छन्।
असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्न अधिकतम प्रयास भइरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। अहिलेकको विषम परिस्थितिमा कार्यालयबाट नियमित सेवा सञ्चालन हुन केही समय लाग्ने उनको भनाइ छ।
शान्ति, सुरक्षासम्बन्धी सेवा कार्यालयबाट नियमित रूपमा सम्पादन भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आदिवासीरजनजाति, दलित, खस आर्य तथा मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणितसम्बन्धी सेवा नियमित रूपमा प्रदान भइरहेको छ।
राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागमा सम्पर्क गरी जानकारी लिन सकिने जनाउँदै उनले विभागबाट विद्युतीय राहदानीका लागि आवश्यक उपकरण कार्यालयमा प्राप्त भएपश्चात् सेवा सञ्चालन गरिने उल्लेख गरे।
राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सम्पर्क गरी जानकारी लिनुका साथै विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने कम्प्युटरसहित उपकरण प्राप्त भएपछि नियमित सेवा सञ्चालन गरिने प्रशासन कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १८:२७
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...
जेष्ठ २७ गते, २०८३ - १७:३५
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...
जेष्ठ २७ गते, २०८३ - १७:२८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...



प्रतिकृया लेख्नुहोस्: