काठमाडौँ । सरकारले यस वर्षको संविधान दिवस साधारण रूपमा मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन–जी आन्दोलनमा धेरै युवा सहिद भएका र धेरै घाइते भएकाले यस वर्ष उत्सवको माहोल सिर्जना गर्न नसकिने निष्कर्षमा सरकार पुगेको हो ।
मंगलबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा गृहमन्त्री अर्यालले सबै जिल्लामा साधारण र सांकेतिक कार्यक्रम मात्रै गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पनि यही तयारी भइरहेको जानकारी दिए ।
‘देश अहिले शोकमा छ । जेन–जी आन्दोलनका सहिद र घाइतेप्रति सम्मान व्यक्त गर्दै संविधान दिवस मनाउने निर्णय गरिएको हो,’ गृहमन्त्री अर्यालले भने । २०७२ असोज ३ गते जारी संविधानको यो १०औँ वार्षिकोत्सव हो । पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि दोस्रो संविधानसभाले संविधान पारित गरेको थियो । यस वर्ष सरकारले १ असोजलाई शोक दिवस घोषणा गर्दै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याल दुवै संवैधानिक अभ्यासमा संलग्न व्यक्ति भएकाले पनि संविधान दिवसलाई सम्मानपूर्वक तर साधारण ढंगले मनाउने तयारी गरिएको बताइएको छ ।
सिंहदरबारको निर्देशनअनुसार संघ, प्रदेश र जिल्लास्तरमा न्यूनतम औपचारिक कार्यक्रम मात्रै हुनेछन् । नेपाली सेनाले पनि साधारण रूपमा संविधान दिवस मनाउने तयारी गरेको छ ।
यता नेकपा एमालेले देशभर संविधान दिवस मनाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । माओवादीले जेन–जी आन्दोलनका सहिदलाई दीप प्रज्वलन गरेर श्रद्धाञ्जली दिनेछ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सम्भव भएसम्म सीमित र शान्तिपूर्ण कार्यक्रम गर्ने तयारी गरेका छन् ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दलहरूले खुला सभा नगरी आ–आफ्नो स्थानअनुसार कार्यक्रम गर्न कार्यकर्तालाई भनिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: