Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जेनजी आन्दाेलनमा एकीकृत समाजवादीका केन्द्रीय सचिव चाैधरीकाे घरमा आगजनी–लुटपाट हुँदा करिब दुई करोडको क्षति

खबरडबली संवाददाता

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चाैधरीकाे घरमा जेनजी आन्दाेलनकाे क्रमा आगजनी र लुटपाट हुँदा करिव दुई कराेडकाे क्षति भएकाे छ । चाैधरीकाे त्रियुगा नगरपालिका –११ पुरानो गाईघाटकाे घरमा जेनजी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गर्दा क्षति भएकाे हाे । 

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिवसमेत रहेका चौधरीको घरमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट भएकाे थियाे । आज बुधबार पत्रकार सम्मेलन गर्दै चाैधरीले घटनाप्रति गहिरो दुःख व्यक्त गरी छानबिनको माग गरेका छन् ।

चाैधरीकाे विज्ञप्तिमा भनिएकाे छ-“नागरिकहरुको जीवनस्तर उकास्नका लागि काम गर्दै हिडेको बखत जेनजी आन्दोलनकै नाममा मेरो घरमा भएको आगजनी र व्यक्तिगत सम्पत्ति लुटपाटमा करिब एक करोड ९७ लाख रुपैया बराबरको क्षति हुन पुगेको छ । मेरो स्वर्गीय पीता र पीतामाताका र स्वर्गीय छोरा डा. मनोज चौधरीको तस्वीरहरुसमेत जलाइएको छ । यसले मेरो व्यक्तिगत भावनामा ठूलो ठेस लागेको छ ।”

“भ्रष्टाचार र कुशासनविरुद्धको लडाइँ मेरा लागि प्रमुख मुद्दा हो,” चौधरीले भने, “तर जनआन्दोलनको नाममा देशी–विदेशी शक्तिको चलखेल हुनसक्छ भन्नेबारे सबै सचेत रहनुपर्छ ।” उनले आन्दोलनका क्रममा ज्यान गुमाएका असली जेनजी युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

चौधरीले नेपाल सरकारसँग घटना छानबिन गरी आगजनी र लुटपाटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, उदयपुर जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र महत्वपूर्ण दस्तावेज नष्ट गरिएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन अनुरोध गरेका छन् । 

पत्रकार सम्मेलनमा उनले त्रियुगालाई उपमहानगर हुँदै महानगरमा रूपान्तरण गर्ने लक्ष्यसहित उदयपुरलाई आर्थिक तथा सामाजिक रुपान्तरणको मार्गमा अघि बढाउने आफ्नो संकल्प लिएकाे बताएका छन् । 

चाैधरीले विज्ञप्तिमा पुन: भनेका छन्, “अन्तमा जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र लुटपाटको घटनाको छानवीन गरी त्यस्तो कार्यमा सलग्न सबैलाई पक्राउ गरी कानुनी राज्य र विधिको शासनको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्दछु । मेरो व्यक्तिगत सम्पति लुट्ने, आगजनी गर्ने सबैलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउनको लागि आवश्यक कानुनी प्रकृया अघि बढाएको जानकारी पनि गराउन चाहान्छु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: