Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नाइजरको बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु

खबरडबली संवाददाता

आबिदजान । मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिने मध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए । घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो ।

उक्त क्षेत्रमा अल-कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूह सक्रिय छन् । टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् । उनका अनुसार आक्रमणकारीले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।

स्थानीय सञ्चार माध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ । मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेखेका छन्, “फेरि एक पटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवार शोक र निराशामा डुबेका छन् ।”

सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताले ठूलो सेनाको उपस्थिति कायम राखेका भएपनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्ता मात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए । ह्युमन राइट्स वाचले नाइजरका अधिकारीलाई नागरिकलाई जोगाउन ‘अझ बढी गर्न’ आग्रह गरेको छ ।  

अधिकार अनुगमन समूहका अनुसार मार्चदेखि इस्लामिक स्टेट समूहले पाँच आक्रमणमार्फत तिलाबेरीमा एक सय २७ भन्दा बढी गाउँले र मुस्लिम उपासकलाई ‘संक्षिप्त मृत्युदण्ड’ दिएको छ । यस्तै, विश्वव्यापी द्वन्द्व निगरानी संस्था एसिएलइडीले सन् २०२४ अक्टोबरयता नाइजरमा भएका आक्रमणमा करिब एक हजार आठ सय मानिस मारिएको जनाएको छ ।

यसको तीन चौथाइ तिलाबेरीमै भएको हो । नाइजर र छिमेकी बुर्किना फासो तथा माली, सबै सैन्य कू नेताको शासन अन्तर्गत छन् । यी देशले सार्वभौम नीति अपनाउने भन्दै जिहादीविरुद्ध संयुक्त रूपमा लडिरहेका फ्रान्सेली र अमेरिकी सेनालाई निष्कासन गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending