लन्डन । बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, उपभोक्ता मूल्य सूचकांक अगस्टमा ३.८ प्रतिशतमा कायम रह्यो, जुन जुलाईमा पनि यति नै थियो । यो दर विश्लेषकले गरेका अनुमानसँग मिल्दोजुल्दो छ । केन्द्रीय बैङ्कले अघिल्लो महिना ब्याजदर घटाएर ४ प्रतिशतमा ल्याएको थियो, जुन अढाई वर्षयताकै न्यून स्तर हो ।
तर, यो साता हुने बैठकमा भने ब्याजदरमा फेरबदल नहुने सम्भावना देखिएको छ, साथै सन् २०२५ को बाँकी अवधिमा पनि यसै अवस्थामा रहन सक्ने अनुमान गरिएको छ । यसैबिच, सरकारले गत साता सार्वजनिक गरेको आर्थिक विवरणले जुलाई महिनामा देशको आर्थिक वृद्धि स्थिर रहेको देखाएको छ । यो अवस्थाले प्रधानमन्त्री कियर स्टारमर नेतृत्वको सरकारलाई थप चुनौती दिएको बताइएको छ ।
अर्को तथ्याङ्क अनुसार, बेलायतमा बेरोजगारी दर चार वर्षयताकै उच्च ४.७ प्रतिशतमा कायम रहेको छ । यद्यपि जुलाई महिनाको कुल गार्हस्थ उत्पादन (जीडीपी) पूर्वानुमानअनुसार आएको थियो, सरकारले आर्थिक वृद्धि हाँसिल गर्न केही कठिनाइ रहेको स्वीकार गरेको छ । आगामी नोभेम्बरमा बजेट घोषणा हुने पृष्ठभूमिमा यो विषयलाई गम्भीरतापूर्वक हेरिएको छ ।
केन्द्रीय बैंकले सेप्टेम्बर महिनामा मुद्रास्फीति ४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको छ, जुन त्यसको दुई प्रतिशतको लक्ष्यको दोब्बर हो । “आजको तथ्यांकले अहिलेको जस्तो उच्च ब्याजदर अवस्था अझै केही समय रहन सक्ने देखाउँछ,” सम्पत्ति व्यवस्थापन कम्पनी क्विल्टरकी लगानी विश्लेषक लिण्डसे जेम्सले टिप्पणी गरे । उनले भने, “यसले दैनिक जीवनमा खर्च वृद्धि भोगिरहेका परिवार र घट्दो मागसँग जुझिरहेका व्यवसायमा थप दबाब सिर्जना गर्न सक्छ ।”
तथ्याङ्क कार्यालयले हवाइ भाडा अगस्टमा केही घटेको जनाएको छ, तर पेट्रोल, डिजेल तथा खाद्यान्न वस्तुको मूल्यमा भने केही वृद्धि भएको देखिएको छ । बेलायतकी अर्थ मन्त्री रेचेल रिभ्सले सार्वजनिक खर्चमा कडाइ गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, “म जान्दछु कि अहिलेको आर्थिक अवस्था धेरै परिवारका लागि कठिन छ र धेरैलाई अर्थतन्त्र अड्किएको जस्तो महसुस भइरहेको छ ।”
पछिल्ला केही महिनामा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको विश्लेषण भइरहेका बेला, केही अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले बेलायतमा लगानी गर्ने घोषणा गरेका छन् । हालै बेलायतको भ्रमणमा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै माइक्रोसफ्ट र गुगल जस्ता प्रतिष्ठित कम्पनीले लगानीको घोषणा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: