Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

खबरडबली संवाददाता

ओस्लो । युद्ध र अनिकालको चपेटामा परेका सुडानीलाई सहयोग पुर्याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ ।

सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएपफ) बिचको भीषण युद्धले सुडानलाई ध्वस्त पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार द्वन्द्वमा दशौँ हजारको मृत्यु भइसकेको छ र एक करोड ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । अनिकाल र हैजाले देशलाई थप सङ्कट ग्रस्त बनाएको छ ।

राफ्टो फाउन्डेसनले इआरआरलाई ‘सबैभन्दा मौलिक मानव अधिकार-जीवनको अधिकारको संरक्षणका लागि गरेको साहसी कार्य’ को सम्मान स्वरूप पुरस्कार दिएको हो । युद्ध सुरु भएलगत्तै, राज्य र पूर्वाधारविहीन देशमा समुदायका नागरिकले स्वयंसेवकका रूपमा ‘सामुदायिक भान्सा’ (कम्युनिटी किचेन) स्थापना गरेर छिमेकीलाई खाना, स्वास्थ्य सेवा र निकासी सहयोग उपलब्ध गराएका थिए ।

सन् २०१९ मा तानाशाह ओमार अल-बशीरको पतनताका प्रजातन्त्र समर्थक आन्दोलनमा सक्रिय प्रतिरोध समितिबाट विकसित इआरआर अहिले हजारौँ स्वयंसेवकको अभियान बनेको छ । “इआरआरले जीवन बचाउँछन्, निराशामाथि मानव गरिमा कायम राख्छन् र अभिनव पारस्परिक सहायता मार्फत नागरिक समाजलाई बलियो बनाउँछन् ।”, राफ्टो फाउन्डेसनले भनेको छ ।

सञ्चार अवरोध र पत्रकारको न्यून उपस्थिति बीच स्वयंसेवकले आक्रमणको दस्तावेजीकरण गर्ने महत्वपूर्ण भूमिका खेलेका छन् । तर उनीहरू बारम्बार हिंसा, बलात्कार, कुटपिट र लुटपाटको शिकार बनेका छन् । द्वन्द्व सुरु भएदेखि एक सयभन्दा बढी स्वयंसेवक मारिएको फाउन्डेसनले जनाएको छ ।

यससँगै, दुवै पक्षलाई युद्धविराम गर्न, नागरिक जीवनको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गरिएको छ । सन् १९८७ देखि दिइँदै आएको यो पुरस्कार नर्वेली मानव अधिकार कार्यकर्ता थोरोल्फ राफ्टोको नाममा स्थापना गरिएको हो । यसमा २० हजार डलरको राशिसहित सम्मान गरिन्छ ।

यसअघि यो पुरस्कार पाएका आङ सान सुकी, जोस रामोस-होर्टा, किम दाए-जङ र शिरिन एबादीले पछि नोबेल शान्ति पुरस्कार समेत जितेका थिए । यस वर्षको पुरस्कार विजेताको औपचारिक घोषणा अक्टोबर १० मा ओस्लोमा हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: