पेरिस । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ । डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचाैँ जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् ।
पेरिसवासी र पर्यटकबिचमा लोकप्रिय सङ्ग्रहालय स्थलमा चोरी भएको मङ्गलबार बिहान पत्ता लागेको हो । चोरले ‘एङ्गल ग्राइन्डर’ र ‘ब्लो टर्च’को प्रयोग गरेर नदी किनारमा अवस्थित सङ्ग्रहालय स्थलमा प्रवेश गरेका थिए । सङ्ग्रहालयको प्रेस कार्यालयले मङ्गलबार अबेर एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “सङ्ग्रहालयले राखेको राष्ट्रिय सङ्कलनबाट धेरै नमूना चोरी भएको हो ।”
सङ्ग्रहालय स्रोतले भनेको छ, “चोरी गरिएका नमूना कच्चा सुनको मूल्यको आधारमा लगभग छ लाख यूरो मूल्य हो । यद्यपि, वस्तुको ऐतिहासिक तथा कलात्मकताका कारण तिनीहरू यो भन्दा बढी मूल्यवान् थिए ।” चोरी भएका वस्तुमा प्रयोग भएको सुन मिश्र धातु हो जुन उनीहरूको प्राकृतिक रूपमा सुन र चाँदीको मिश्रण रहेको थियो ।
प्रहरी स्रोतले पेरिसको एक पत्रिकालाई दिएको जानकारीमा सङ्ग्रहालयको सुरक्षार्थ सेन्सर जडित घन्टी र सुरक्षा सम्बन्धी प्रणाली जुलाईमा भएको साइबर आक्रमणबाट चल्न छोडेको थियो । “हामीलाई जानकारी भएसम्म चोरीमा एक अत्यन्त पेशेवर टोली संलग्न रहेको थियो । उनीहरूलाई चोरी गर्दा कहाँ जाने र व्यावसायिक उपकरणको कसरी प्रयोग गर्ने पूर्णरूपमा जानकारी भएको हुनुपर्छ,” सङ्ग्रहालयका निर्देशक इमानुएल स्कोलियोसले बिएफएम टिभी च्यानलसँग भने । “यो बिल्कुल संयोग थिएन, तिनीहरू यी विशिष्ट वस्तुहरूका लागि नै गएका थिए,” उनले थपे ।
सङ्कटको अवस्था
चोरीपछि सङ्ग्रहालयले मङ्गलबार आफ्नो खनिज ग्यालरी बन्द गरी अन्य क्षतिका लागि यसको सङ्ग्रह जाँच गरेको छ । यसको एउटा खजाना ८.५ सेन्टिमिटर (३.३–३.५ इन्च) मापन गरिएको छ र एक धनी फ्रान्सेली सङ्ग्रहकर्ताले सङ्ग्रहालयलाई उपहार दिएका थिए ।
“विशेष गरी सांस्कृतिक संस्था र सङ्ग्रहालयमा हालैका महिनामा धेरै सार्वजनिक सङ्ग्रह चोरीको निशानामा परेका छन्,” सङ्ग्रहालयले थप्यो । अन्य डकैतीको बारेमा विस्तृत विवरण दिइएको छैन । मध्य फ्रान्सको लिमोजेसमा रहेको एड्रियन डुबोचे राष्ट्रिय सङ्ग्रहालयमा यस महिनाको सुरुमा चोरी भएको थियो ।
“यसअघि, चोरले राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकृत चिनियाँ पोर्सिलेनमा दुई व्यञ्जन र फूलदान चोरेका थिए, जसमा ६.५ मिलियन युरो क्षति भएको अनुमान गरिएको थियो ।” केही दशक यता भएका केही कुख्यात सङ्ग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: