Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सल्यानका ग्रामीण सडकहरू कालोपत्रे बन्दै

खबरडबली संवाददाता

सल्यान । सल्यानमा  पाँच वर्षको अन्तरालमा ५३ किलोमिटर सडक कालोपत्रे भएको छ । कर्णाली प्रदेशमार्फत जिल्लाका मुख्य र ग्रामीण सडकहरू कालोपत्रे भएपछि सवारी आवागमन छिटोछरितो भएको छ । 

कर्णाली प्रदेशको राजधानी जोड्ने खलंगा–बालुवासाग्रही सडकको ट्रयाक तीन दशकअघि नै खुलेको हो । तर, कालोपत्रे भने ०७७ सालबाट मात्रै सुरु गरियो । दशकौंसम्म प्राथमिकतामा नपरेको यो सडक, प्रदेश सरकार बनेपछि राजधानी सुर्खेत जोड्ने लाइफलाइन बनेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले कामले अपेक्षित गति लिन सकेन ।

लामो प्रतीक्षापछि सडक कालोपत्रे पूरा भएपछि सवारी आवागमन सहज भएको बनगाड कुपिण्डे नगरपालिकाका गोविन्द कुँवर बताए। उनले सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल जाने पनि यही सडक प्रयोग हुने हुँदा सडक कालोपत्रे भएसँगै तालसम्म पुग्ने पर्यटकलाई समेत सहज भएको बताए।  

थारमारे बडागाउँ हुँदै रूकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने उक्त सडक पिच भएसँगै यात्रुहरूले विगतको सास्तीबाट मुक्ति पाएका छन् ।  थारमारेदेखि बडागाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा काम जारी छ ।

लामो समयदेखि अधुरो रहेका अन्य ग्रामीण सडक पनि कालोपत्रे भएपछि राहत मिलेको कुमाख गाउँपालिका– ६ का पुर्णबहादुर खत्रीको भनाइ छ । उनले सडक पिच भएसँगै गाउँघरमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन सजिलो भएको बताए । 

त्यस्तै, लुहाम–काभ्रा–कालीकाटी १६ किलोमिटर सडक कालोपत्रे भएको छ ।  जिल्लाका लाइफलाइनका रूपमा रहेका अन्य छायाछेत्र शत्तिपीठ सडक, छात्राक्षेत्र लैसे सडकलगायतका सडकहरू कालोपत्रे भएका छन् । 

ग्रामीण सडकको स्तरोन्नतिले जनजीवन सहज बनाइरहँदा अपेक्षाअनुसार कामको गति भने लिन सकेको देखिँदैन । गत आर्थिक वर्ष ०८१/८२ मा २० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १५ किलोमिटर कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending