Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कोशी मन्त्रिपरिषद्को निर्णय : पाँच लाखभन्दा कमका योजना कटौती, जेनजी शहीद परिवारलाई एक लाख

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले पाँच लाख रुपैयाँभन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

जेन्जी आन्दोलनपछि बिहीबार बसेको बैठकले पाँच लाख रुपैयाँभन्दा कमका योजना कटौती गर्ने र कटौती भएको बजेट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरूको पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार आन्दोलनमा सहभागी भई ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरियाका लागि प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र उपलब्ध हुनेछ। जेनजी आन्दोलनमा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।

बैठकले विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ। साथै, आन्दोलनका क्रममा भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयलाई प्रतिवेदन पेस गर्न कात्तिक ९ गतेसम्मको समय दिइएको छ।

आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालय परिसरका छुट्टै भवनमा चुच्चे नक्सा अगाडि बसेको बैठकका निर्णयहरू मन्त्री भण्डारीले त्यही स्थानबाट सार्वजनिक गरेका हुन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending