काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पार्टीले विगतमा लिएका निर्णय, गरेका कार्य र त्यसका परिणामहरूबारे गम्भीर समीक्षा गरिने बताएका छन्।
फेसबुकमार्फत् सार्वजनिक सन्देशमा उनले हालैको 'जेन्जी आन्दोलन'प्रति टिप्पणी गर्दै त्यसको मूल कारण भ्रष्टाचार नियन्त्रणमा असफलता, सुशासन अभाव र जनसेवामा सुधारको कमी भएको उल्लेख गरे। विशेष गरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई समयमै सम्बोधन गर्न नसक्नु आन्दोलन चर्किनुको प्रमुख कारक भएको पौडेलले बताएका छन्।
उनले भने, "जेन्जी आन्दोलनका क्रममा देखिएको हिंसा, हत्या, तोडफोड र आगजनीप्रति गहिरो चिन्ता छ। ती घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न र क्षतिग्रस्त संरचनाहरूको छिटो पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु।"
पौडेलले व्यक्तिगत रूपमा पनि विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्। साथै, पार्टी भित्र आवश्यक सुधारको संकेत दिंदै भने, "पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन ल्याइनेछ।"
उनका अनुसार अहिलेको प्रमुख आवश्यकता भनेको पार्टीलाई जनतासँग, विशेषतः युवा पुस्तासँग नजिक बनाउनु हो। नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक भूमिका हुने बताउँदै, एमालेलाई परिवर्तनको संवाहक शक्तिका रूपमा स्थापित गर्नुपर्ने जिम्मेवारीमा आफूहरू तयार रहेको उनले बताए।
शुभकामना सन्देशमार्फत पौडेलले पार्टी नेतृत्व, विचार र व्यवहारमा आमूल परिवर्तन आवश्यक रहेको स्पष्ट पारेका छन्। संविधान दिवसलाई उनले आत्मसमीक्षा र सुधारको अवसरको रूपमा लिएको संकेत गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: