Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

जेनजीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्, कमजोरी र नालायकीप्रति माफी चाहन्छु: सुहाङ नेम्वाङ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको भावनालाई सम्मान गरेर जानुपर्ने बताएका छन् । शुक्रबार एक प्रेस नोट सार्वजनिक गर्दै नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता गरेका छन् ।

उनले आत्मालोचना र कमजोरीहरूको स्वीकारोक्तिसहित जनतालाई माफी मागेर सच्चिने प्रण गर्नुपर्ने बताएका छन् ।साथै उनले सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरीप्रति माफी मागेका छन् ।

सुहाङले भनेका छन्, ‘आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले लेखेका छन्, ‘आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्, जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिने पनि नेम्वाङले लेखेका छन् । ‘‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ कुन्नी रु यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो ।’

सुहाङ नेम्वाङको प्रेस नोट–

आदरणीय अग्रजहरू, प्रिय साथीहरू

–उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरूपछि हामी सामान्य अवस्थामा फर्किने प्रयास गरीरहेका छौं । एकातिर हामीसँग भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरू छन् । अर्कातिर भदौ २४ गतको वितन्डाले हाम्रो विचमा छोडी गएका अनेक प्रश्न, संसय र पीडाहरू छन् । अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरू नाँचिरहेको छ । भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरू, अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरूले नराम्ररी झस्काइरहेको छ । मेरो मनमा अहिले पनि प्रश्न छ, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’ म फेरि पनि उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

–त्यही आवरणमा भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लूटपाटको दृश्यहरूले हामीलाई असह्य पीडा दिइरहेको छ । मलाई विश्वास छ– यसरी ‘जेनजी’हरूको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरू कानुन अनुसार नै दण्डित हुनेछन् । २४ गतेको घटनासँग मेरो मनमा कैयन प्रश्नहरू छन् । रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमाथि किन आगो लगाए ? उनीहरू को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए  ? हाम्रो सुन्दर र सुनिश्चत भबिष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरूले नै खोज्नुपर्नेछ ।

–तर अब यहाँनिर एउटा सत्य के हो भने इतिहासलाई मात्रै बोकेर हिड्दा हाम्रो वर्तमान पनि गुमाउँछौं । भबिष्य अनिश्चितता तर्फ उन्मुख हुनेछ । अतितमा बाँचिरहनु पीडामा बाँच्नु पनि हो । सँगै यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरूले भबिष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ, तर सुन्दर भबिष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्ति सहित ।

–मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुई बर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चाहन्छु– गल्ती कमजोरीहरू सच्चाएर जानेछौं । यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरूमा माफी माग्छु । आदरणीय अग्रजहरू, प्रिय साथीहरू ।

–‘जेनजी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यूले वार्ता गरिरहनु भएको बेला मैले विज्ञप्ति मार्फत भनेको थिए, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’ संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुने मेरो मत थियो । मैले भनेको थिएँ, ‘हाम्रो अग्रज र तपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरूलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट विमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।’ मैले प्रिय जेनजी साथीहरूको अडान सुनेँ, भिडियोहरू हेरेँ। संबिधान र व्यवस्थाप्रति तपाईंहरूले जुन अडान र प्रतिबद्धता जनाउनु भयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु ।

–फेरि पनि हामीले हाम्रो संविधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगिन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ । अनेकन नाम र आवरणमा हुने सबै खालका गलत कदमहरूलाई अस्वीकार गर्नुछ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु, ‘अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।’ इतिहासको घाउँ कोट्एर भविष्य थप अनिश्चित नबनाऔं । फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ । २४ गतेको तान्डव सबर्था गलत थियो । आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरू पुगिसक्नु भएको छ । यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका ‘जेनजी’हरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।

– मलाई लाग्छ, ‘आवश्यकताको सिद्धान्त अनुसार संविधानको कम क्षतिमा अन्तरिम सरकार बनेको छ ।’ म सम्माननीय प्रधानमन्त्री सुशिला कार्की सहित सबैलाई बधाई भन्छु । म वर्तमान सरकारलाई पनि अनुरोध गर्न चहान्छु, यसअघि भएका गल्तीहरू नदोहोर्योस् । मलाई विश्वास छ, थप मुठभेटमा होइन, प्रतिशोधमा पनि होइन, बढो सम्हालिएर सबैलाई सँगै लिएर तोकिएकै समयमा निर्वाचन मार्फत मुलुकलाई सही ट्रयाकमा लैजान यहाँहरूको भूमिका रहनेछ । तपाईंहरूप्रतिको भोलिको भरोसा र सम्मान पनि त्यसैमा निर्भर रहनेछ । आजको हाम्रो बाटो र उज्यालो यही हो । यही बाटो र उज्यालो समाएर हिड्न म अपिल गर्दछु । धन्यवाद । नमस्कार । सेवारो 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending