Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

सभापति देउवाको टाउको र गर्धनमा गम्भीर चोट छ, १२ वटा टाँका लगाइयो

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा गरी दुई ठाउँमा चोट लागेको र १२ वटा टाँका लगाइएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दे देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’

देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए । 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए भने घर जलाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। प्र...

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

काठमाडौं। सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार स्रोतको चाप पर...

कैदीबन्दी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कास्की। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरुले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचन...

देउखुरीको सुकुम्वासीको गुनासो - हामीलाई भोट बैंक मात्रै बनाइयो

देउखुरी। भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्। गढवा गाउँ...

निर्वाचनका लागि ६४८ कर्मचारी परिचालन

जुम्ला। मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना...

टुँडिखेलमा विशेष समारोहका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो...

निर्वाचनले मुलुकलाई नयाँ युगमा लैजाने छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ...

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ। नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ । जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्...

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE