काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा गरी दुई ठाउँमा चोट लागेको र १२ वटा टाँका लगाइएको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दे देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’
देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए भने घर जलाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...
मंसिर २९ गते, २०८२ - १३:०५
लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । ...
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...




प्रतिकृया लेख्नुहोस्: