जुम्ला। मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना कर्मचारी खटिनुपर्ने भए पनि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा परिचालन गरिएको हो । जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी परिचालन गर्न बाँकी छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तले जिल्लाको एक सय ८ मतदान केन्द्रमा १०८ मतदान अधिकृत, १०८ सहायक मतदान अधिकृत, एक सय ८ जना सहयोगी र तीन सय २४ जना अन्य कर्मचारी परिचालन गरिएको बताए। समानुपातिक र पारदर्शी हिसाबले कर्मचारी खटनपटन गरिएको उहाँका भनाइ छ । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन समेत जारी भएको छ ।
यो पटकको निर्वाचनमा ११८ जना महिला कर्मचारी परिचालन गरिएको छ । सात जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृत महिला कर्मचारी खटिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पूरै महिला कर्मचारीमात्रै परिचालन गरिएको हो ।
सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार चन्दननाथ माविको केन्द्रमा सुर्खेत जुम्ला उच्चअदालतका शाखा अधिकृत सुशीला पाण्डे र सहायक मतदान अधिकृतमा डिभिजन वन कार्यालयका विस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो । स्थानीय कर्मचारीलाई फरक मतदान केन्द्र पर्ने गरेर खटाइएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक रूपमा दुर्गम र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिने छ ।
यो पटकको निर्वाचनमा कार्यालय सहयोगीबाहेक सबै स्थायी कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । निर्वाचनमा खटनपटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले एक हजार चार सय ९९ कर्मचारी छनोट गरेर पठाएकोमा ६ सय ५४ जना मात्रै परिचालन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १५:२४
सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलमा बस्ने १५ वर्षीय आक...
फाल्गुन ७ गते, २०८२ - १५:१६
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णाली प्रदेशको पीडा र आवश्यकता बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभाला...
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...
फाल्गुन ७ गते, २०८२ - १४:१३
काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...
फाल्गुन ७ गते, २०८२ - १४:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले का...
फाल्गुन ७ गते, २०८२ - १३:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्ट...
फाल्गुन ७ गते, २०८२ - १३:५१
जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक...
फाल्गुन ७ गते, २०८२ - १३:४५
काठमाडौं । केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन्। राजधानीमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्द...
फाल्गुन ७ गते, २०८२ - १३:३७
काठमाडौं । केपी शर्मा ओलीले देश नै आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्। भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र स...



प्रतिकृया लेख्नुहोस्: