Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

देउखुरीको सुकुम्वासीको गुनासो - हामीलाई भोट बैंक मात्रै बनाइयो

खबरडबली संवाददाता

देउखुरी। भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्।

गढवा गाउँपालिका–४ का मानवबहादुर नेपालीले निर्वाचनका बेला लालपुर्जा दिलाइदिने आश्वासन बाँडेर मत माग्ने तर चुनावपछि बेवास्ता गर्ने प्रवृत्ति दोहोरिँदै आएको बताए। “मत माग्दा लालपुर्जा दिन्छौँ भन्न्छन् जितेपछि हामीलाई सम्झनुहुन्न,” उनले भने।

राजपुर गाउँपालिका–२, चफ्फाका गुरुप्रसाद विकले तीन पुस्तादेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व अझै नपाएको पीडा सुनाउनुभयो। २०२४ सालदेखि बसोबास गर्दै आएको स्थानमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुग्न लाग्दा सरकार परिवर्तन भएसँगै काम रोकिने गरेको उनको भनाइ छ।

राप्ती गाउँपालिका–३ का तुलसी चौधरी, लमही–६ कुलमोहरका सामसुङ गिरी तथा राजपुर–५ का पटवारी चौधरीलगायतका भूमिहीन किसानहरूको समस्या पनि उस्तै रहेको सहभागीहरूले बताएका छन्। उनीहरूले अब लिखित प्रतिबद्धताविनाको आश्वासन स्वीकार नगर्ने अडान लिएका छन्।

कार्यक्रममा सहभागी भूमिहीन किसान पटवारी चौधरीले भने, “पटक–पटक ठगिरहनुहुन्छ, हामी भोट मात्रै दिने, तपाईंहरूले हामीलाई लालपुर्जा कहिले दिने ?” किसानहरूले लिखित प्रतिबद्धता मागेपछि उम्मेदवारहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार प्रकाश शाहीले आफू पनि ऐलानी जग्गामा बसोबास गर्दै आएकाले सुकुम्बासी समस्या नजिकबाट बुझेको बताए। विजयी भए विषयलाई प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता थियो।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार भरतलाल चौधरीले स्वर्गद्वारी गुठीको जग्गामा बसोबास गर्दै आएका गुठीपीडित किसानको आन्दोलनमा आफू पटक–पटक सहभागी भएको बताए।

राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार रञ्जित चौधरीले समस्या समाधानका लागि पहल गर्ने बताए भने राष्ट्रिय जनमोर्चाका गणेश आचार्यले आफ्नो पार्टीको घोषणापत्रमै भूमि समस्या समाधानको विषय समेटिएको उल्लेख गरे।

स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीले भूमि समस्या समाधानका लागि कानुन संशोधन र सरकारको स्पष्ट इच्छाशक्ति आवश्यक रहेको बताउँदै त्यो इच्छाशक्ति आफूमा रहेको दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार सुरेन्द्र चौधरीले पुराना दलबाट समस्या समाधान हुन नसकेको दाबी गर्दै नयाँ शक्तिको उदय त्यसैको परिणाम भएको बताए।

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का रेवतीरमण शर्माले आफ्नो पार्टी नेतृत्वले लालपुर्जा वितरणको काम सुरु गरेको भए पनि काम गर्न नदिएको दाबी गरे।

नेपाली कांग्रेसका योगेन्द्र चौधरीले आफू सुकुम्वासी किसानकै आन्दोलनबाट नेतृत्वमा आएको भन्दै समस्या समाधानमा प्रतिबद्ध रहेको बताए।

भूमि अधिकार मञ्च दाङकी उपाध्यक्ष सिर्जना चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ल्यमबहादुर दर्जीको प्रमुख आतिथ्यतामा आयोजित उम्मेदवारसँग संवाद कार्यक्रममा देउखुरी क्षेत्रका भूमिहीन किसानहरूको उल्लेख्य सहभागिता थियो।

जिल्ला भूमि अधिकार मञ्चका अनुसार देउखुरी क्षेत्रमा १ हजार २६६ परिवार भूमिहीन दलित, ३ हजार ६८० परिवार भूमिहीन सुकुम्वासी र २० हजार ४४७ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। लगत संकलन, प्रविष्टिकरण तथा प्रमाणीकरणको कार्य अन्तिम चरणमा पुगे पनि तथ्यांकअनुसार जमिन पहिचानको काम अझै सम्पन्न हुन सकेको छैन।

भूमि समस्या जानकार जुगमानी चौधरीले बसोबास गरिरहेका करिब ८० प्रतिशत परिवार कानुनी रूपमा वन क्षेत्र तथा अन्य नकारात्मक सूचीभित्र पर्ने अवस्था रहेको बताए । स्पष्ट नीतिको अभाव र राजनीतिक अस्थिरताका कारण भूमि समस्या दीर्घकालदेखि समाधान हुन नसकेको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending