वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गरेका छन् ।
“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।”
जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गरेको थियो भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताएका थिए । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहो¥याउने अपेक्षा गरेका छन् ।
टिकटक विवाद
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने सङ्केत दिएका छन् ।
“टिकेकमा केही अन्तिम रूप दिने आशा छ”, उनले पत्रकारहरूसँग भने । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ताहरू, धनी व्यक्तिहरू र ठूला कम्पनीहरूको स्वामित्वमा रहने उनको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबी समेत गरे।
वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोषहरू सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुनेछन् ।
व्यापार र भन्सार शुल्क
यसैबीच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबीच भएको हो । यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ ।
हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
कूटनीतिक पृष्ठभूमि
सीले हालै रुस र भारतका नेताहरूसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उत्तर कोरियाली नेता किम जोङ उनलाई सैन्य परेडमा आमन्त्रित गरेका थिए ।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा सीलाई सम्बोधन गर्दै ‘कृपया पुटिन र किमलाई मेरो सम्मान दिनुहोस् किनकि तपाईंहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो’ भनेका थिए ।
साथै, उनले भारतलाई रुसी तेल खरिद गरेकामा आलोचना गर्दै दण्डात्मक भन्सार शुल्क लगाएको बताए ।
बेइजिङलाई अमेरिकाले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि ट्रम्पले युरोपेली मुलुकहरूलाई चीनमाथि दबाब दिन आह्वान गरे । “यदि चीनमाथि यस्तो दबाब परेको अवस्थामा युक्रेन युद्ध अन्त्य हुनसक्छ”, उनले फक्स न्युजसँग भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: