Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी

खबरडबली संवाददाता

किएभ । नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीहरूले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन् – युक्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।

उद्देश्य स्पष्ट छः युक्रेनलाई आफ्नै हतियार उत्पादन गर्न सक्षम बनाउने, रूसी आक्रमणविरुद्ध टिक्न मद्दत गर्ने र भविष्यमा स्वतन्त्र रूपमा रक्षा गर्न सक्ने बनाउन ।

यस रणनीति सफल भएमा युक्रेनको हतियार उद्योगले युद्धको बीचमै ड्रोन र अन्य आधुनिक प्रविधि विकास गर्दै अमेरिकी तथा युरोपेली सेनालाई समेत सुसज्जित गर्न सक्छ ।

हालै युक्रेनले विकास गरेको क्वाडकप्टर ड्रोनले रूसी जामिङ उपकरणलाई छल्न सक्छ, २० किलोमिटरभन्दा बढी उड्न सक्छ र छ किलोग्रामसम्मका निर्देशित विस्फोटक बोक्न सक्छ ।

“ड्रोन प्रविधिमा युक्रेन विश्वकै अग्रपङ्क्तिमा छ”, युक्रेनका लागि ट्रम्प प्रशासनका विशेष दूत किथ केलोगले गत हप्ताको किएभ सम्मेलनमा भने । विशेषगरी बेलारुसबाट प्रक्षेपण भएका रूसी ड्रोन पोल्यान्डमा खसेपछि युरोपमा पनि चिन्ता बढेको छ ।

युक्रेनले अहिले आफ्नै हतियार उत्पादनलाई तीन गुणा गर्दै सेनाका लागि ६० प्रतिशत आवश्यकताहरू पूरा गरिरहेको छ । यो जुन युद्ध सुरु हुनुअघि १० प्रतिशत मात्र थियो ।

तर यसको ६४ अर्ब डलरको वार्षिक रक्षा बजेट अझै पनि रूसको आधाभन्दा कम छ । यसैले देशले पश्चिमी लगानी र संयुक्त उद्यमलाई प्राथमिकता दिइरहेको छ ।

लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका फेबियन हिन्जका अनुसार युक्रेनसँग युद्ध–परीक्षण भएका प्रणाली, कम उत्पादन लागत र तीव्र उत्पादन क्षमताको फाइदा छ ।

– युद्धले तिखार्दै नवप्रवर्तन –

युद्धका कारण नवप्रवर्तनको चक्र छिटो भएको छ । एफआरडिएम कम्पनीको आर–३४ क्वाडकप्टर ड्रोन निरन्तर सैनिकहरूको प्रतिक्रियामा परिमार्जन हुन्छ । संस्थापक भादिम युनिक भन्छन्, “रोबोटहरूले अगाडिको रेखामा मर्नुपर्छ, मानिसहरूले होइन ।”

मानव शक्ति अभावले पनि युक्रेनी कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा लगानी गर्न प्रेरित गरेको छ । यसका कारण सेनाले अब ड्रोन र स्वायत्त सवारी प्रयोग गरी टाढाबाट निशाना साध्न, आपूर्ति पु¥याउन र घाइते निकाल्न सक्ने क्षमता पाएको छ ।

युक्रेनका अनुसार फ्रन्ट लाइनमा प्रयोग हुने एफपिभी (पहिलो–व्यक्ति दृश्य) ड्रोनहरूले मात्र रूसी जनशक्ति र हतियारमा ७० प्रतिशत क्षति पु¥याएका छन् । अर्कोतर्फ, लामो दूरीका स्ट्राइक ड्रोनहरूले एक हजार किलोमिटरसम्म पुगेर रूसी भित्री भागमा प्रहार गर्न सक्छन् ।

– परम्परागत हतियारमा सुधार –

ड्रोनसँगै युक्रेनी कम्पनीहरूले बख्तरबन्द सवारी साधनहरूमा पनि प्रगति गरेका छन् । युक्रे आर्मोटेकको गुर्जा–१ पैदल सैनिकलाई सुरक्षित राख्न डिजाइन गरिएको छ भने गुर्जा–२ चाँडै उत्पादनमा जाने तयारीमा छ ।

कम्पनीले गत वर्ष पाँच सय सवारी उत्पादन गरेको थियो र क्षमता तीन गुणा बढाउने योजना बनाएको छ । विज्ञ पाभ्लो भर्खनियात्स्की भन्छन्, “हामीलाई थाहा छ रूसले कुन–कुन हतियार प्रयोग गर्छ, त्यसअनुसार कवच विकास गर्छौं ।”

– युरोपेली लगानीमा भर –

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई ‘अभेद्य’ बनाउन ठूलो लगानी गर्ने घोषणा गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वार्षिक ३० अर्ब डलरको हतियार उत्पादन सम्भव हुने दाबी गरेका छन् ।

युक्रेनले केवल पैसा मात्र नभई पश्चिमी कम्पनीहरूसँग प्रविधि र निर्माण साझेदारी पनि खोजिरहेको छ । खरिद एजेन्सीका प्रमुख आर्सेन झुमादिलोभ भन्छन्, “आधुनिक युद्धका लागि चाँडो अनुकूलन गर्ने क्षमता नै निर्णायक हुन्छ ।”

डेनमार्क हतियार दानभन्दा प्रत्यक्ष लगानी सुरु गर्ने पहिलो देश बनेको छ । डेनमार्क र बेलायतले आफ्ना कारखानामा युक्रेनी मिसाइल र ड्रोनका कम्पोनेन्ट उत्पादन गर्ने योजना अघि बढाइरहेका छन् ।

युक्रेनले डेनमार्क, स्विडेन, क्यानाडा, नर्वे र आइसल्यान्डबाट एक अर्ब ३० करोड युरो (एक अर्ब ५० करोड डलर) प्राप्त गर्ने तयारी गरेको छ । जर्मनीले पनि यस्तै सम्झौता गरेको छ ।

झुमादिलोभ भन्छन्, “जब विदेशी कम्पनीहरूले लगानी गर्छन्, उनीहरूको सरकारले उत्पादन खरिदमा सहयोग गर्छ । यो सबैभन्दा राम्रो मोडेल हो ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending