Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी

खबरडबली संवाददाता

किएभ । नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीहरूले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन् – युक्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।

उद्देश्य स्पष्ट छः युक्रेनलाई आफ्नै हतियार उत्पादन गर्न सक्षम बनाउने, रूसी आक्रमणविरुद्ध टिक्न मद्दत गर्ने र भविष्यमा स्वतन्त्र रूपमा रक्षा गर्न सक्ने बनाउन ।

यस रणनीति सफल भएमा युक्रेनको हतियार उद्योगले युद्धको बीचमै ड्रोन र अन्य आधुनिक प्रविधि विकास गर्दै अमेरिकी तथा युरोपेली सेनालाई समेत सुसज्जित गर्न सक्छ ।

हालै युक्रेनले विकास गरेको क्वाडकप्टर ड्रोनले रूसी जामिङ उपकरणलाई छल्न सक्छ, २० किलोमिटरभन्दा बढी उड्न सक्छ र छ किलोग्रामसम्मका निर्देशित विस्फोटक बोक्न सक्छ ।

“ड्रोन प्रविधिमा युक्रेन विश्वकै अग्रपङ्क्तिमा छ”, युक्रेनका लागि ट्रम्प प्रशासनका विशेष दूत किथ केलोगले गत हप्ताको किएभ सम्मेलनमा भने । विशेषगरी बेलारुसबाट प्रक्षेपण भएका रूसी ड्रोन पोल्यान्डमा खसेपछि युरोपमा पनि चिन्ता बढेको छ ।

युक्रेनले अहिले आफ्नै हतियार उत्पादनलाई तीन गुणा गर्दै सेनाका लागि ६० प्रतिशत आवश्यकताहरू पूरा गरिरहेको छ । यो जुन युद्ध सुरु हुनुअघि १० प्रतिशत मात्र थियो ।

तर यसको ६४ अर्ब डलरको वार्षिक रक्षा बजेट अझै पनि रूसको आधाभन्दा कम छ । यसैले देशले पश्चिमी लगानी र संयुक्त उद्यमलाई प्राथमिकता दिइरहेको छ ।

लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका फेबियन हिन्जका अनुसार युक्रेनसँग युद्ध–परीक्षण भएका प्रणाली, कम उत्पादन लागत र तीव्र उत्पादन क्षमताको फाइदा छ ।

– युद्धले तिखार्दै नवप्रवर्तन –

युद्धका कारण नवप्रवर्तनको चक्र छिटो भएको छ । एफआरडिएम कम्पनीको आर–३४ क्वाडकप्टर ड्रोन निरन्तर सैनिकहरूको प्रतिक्रियामा परिमार्जन हुन्छ । संस्थापक भादिम युनिक भन्छन्, “रोबोटहरूले अगाडिको रेखामा मर्नुपर्छ, मानिसहरूले होइन ।”

मानव शक्ति अभावले पनि युक्रेनी कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा लगानी गर्न प्रेरित गरेको छ । यसका कारण सेनाले अब ड्रोन र स्वायत्त सवारी प्रयोग गरी टाढाबाट निशाना साध्न, आपूर्ति पु¥याउन र घाइते निकाल्न सक्ने क्षमता पाएको छ ।

युक्रेनका अनुसार फ्रन्ट लाइनमा प्रयोग हुने एफपिभी (पहिलो–व्यक्ति दृश्य) ड्रोनहरूले मात्र रूसी जनशक्ति र हतियारमा ७० प्रतिशत क्षति पु¥याएका छन् । अर्कोतर्फ, लामो दूरीका स्ट्राइक ड्रोनहरूले एक हजार किलोमिटरसम्म पुगेर रूसी भित्री भागमा प्रहार गर्न सक्छन् ।

– परम्परागत हतियारमा सुधार –

ड्रोनसँगै युक्रेनी कम्पनीहरूले बख्तरबन्द सवारी साधनहरूमा पनि प्रगति गरेका छन् । युक्रे आर्मोटेकको गुर्जा–१ पैदल सैनिकलाई सुरक्षित राख्न डिजाइन गरिएको छ भने गुर्जा–२ चाँडै उत्पादनमा जाने तयारीमा छ ।

कम्पनीले गत वर्ष पाँच सय सवारी उत्पादन गरेको थियो र क्षमता तीन गुणा बढाउने योजना बनाएको छ । विज्ञ पाभ्लो भर्खनियात्स्की भन्छन्, “हामीलाई थाहा छ रूसले कुन–कुन हतियार प्रयोग गर्छ, त्यसअनुसार कवच विकास गर्छौं ।”

– युरोपेली लगानीमा भर –

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई ‘अभेद्य’ बनाउन ठूलो लगानी गर्ने घोषणा गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वार्षिक ३० अर्ब डलरको हतियार उत्पादन सम्भव हुने दाबी गरेका छन् ।

युक्रेनले केवल पैसा मात्र नभई पश्चिमी कम्पनीहरूसँग प्रविधि र निर्माण साझेदारी पनि खोजिरहेको छ । खरिद एजेन्सीका प्रमुख आर्सेन झुमादिलोभ भन्छन्, “आधुनिक युद्धका लागि चाँडो अनुकूलन गर्ने क्षमता नै निर्णायक हुन्छ ।”

डेनमार्क हतियार दानभन्दा प्रत्यक्ष लगानी सुरु गर्ने पहिलो देश बनेको छ । डेनमार्क र बेलायतले आफ्ना कारखानामा युक्रेनी मिसाइल र ड्रोनका कम्पोनेन्ट उत्पादन गर्ने योजना अघि बढाइरहेका छन् ।

युक्रेनले डेनमार्क, स्विडेन, क्यानाडा, नर्वे र आइसल्यान्डबाट एक अर्ब ३० करोड युरो (एक अर्ब ५० करोड डलर) प्राप्त गर्ने तयारी गरेको छ । जर्मनीले पनि यस्तै सम्झौता गरेको छ ।

झुमादिलोभ भन्छन्, “जब विदेशी कम्पनीहरूले लगानी गर्छन्, उनीहरूको सरकारले उत्पादन खरिदमा सहयोग गर्छ । यो सबैभन्दा राम्रो मोडेल हो ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending