Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपालमा बालबालिकामाझ अटिजमको समस्या बढ्दो

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा बालबालिकामाझ अटिजमको समस्या बढ्दो क्रममा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ४ हजार ८८६ जनामा अटिजम भएको तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनले यो संख्या वास्तविकताभन्दा धेरै कम भएको बताएको छ । संगठनका अनुमानमा नेपालमा करिब तीन लाख मानिस अटिजमको प्रभावमा छन् ।

अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यका अनुसार जनगणनामा अटिजम भएका बालबालिकाको संख्या कम देखिए पनि वास्तविक संख्या अनुमानित तीन लाखजति पुग्छ । अटिजम एक प्रकारको न्युरो डेभलपमेन्ट डिसअर्डरहो, जसमा बालबालिकाको उमेरअनुसारको व्यावहारिक, सामाजिक र सञ्चार क्षमताको विकास ढिलो हुन्छ ।

अटिजम भएका बच्चाले आँखामा आँखा नजोड्ने, बोलेर कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याउने, एक्लै बस्न रुचाउने, खेलौना वा साना बच्चासँग नखेल्ने, एकोहोरो हुने, फरक ढङ्गको स्नायुजन्य प्रतिक्रिया देखाउने जस्ता लक्षण देखिन्छन् । जन्मजात हुने यो अवस्था सामान्यतः दुईदेखि अढाई वर्षको बीचमा पत्ता लाग्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व जनसंख्याको करिब एक प्रतिशतमा अटिजमको समस्या हुन्छ। नेपालमा पनि करिब यस्तै अनुपातमा बालबालिका प्रभावित हुने अनुमान छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले २०२३ को अध्ययनमा ३१ मध्ये एक जनामा अटिजम देखापर्ने तथ्य प्रस्तुत गरेको छ ।

अटिजमलाई पूर्ण रूपमा निको पार्न सकिँदैन, तर विशेष शिक्षामूलक विधि र थेरापी प्रभावकारी हुन्छन् । डा. अमात्यका अनुसार अटिजम भएका बालबालिकालाई व्यावहारिक तथा सञ्चार थेरापी, अकुपेसन थेरापी र खेलको माध्यमबाट सिकाइ प्रभावकारी हुन्छ । उनीहरूको क्षमताअनुसार तालिम दिँदा उनीहरूले उपयुक्त काम गर्न सक्छन् । अटिजम छोराहरूमा छोरीभन्दा करिब चार गुणा बढी देखिन्छ ।

हाल अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षाको जिम्मा मुख्यतः अभिभावकमाथि नै पर्छ । ग्रामीण क्षेत्रमा अभिभावक र शिक्षकबीच अटिजमबारे सचेतना अझै कमजोर छ, जसका कारण विद्यालय तहमा पहिचान र उचित शिक्षा सुनिश्चित गर्न चुनौती छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अटिजम भएका बालबालिकाको उपचार, शिक्षा र पहिचानलाई प्राथमिकतामा राखेर समिति गठन गरिएको बताए । समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले आवश्यक सेवा विस्तार गर्ने तयारी गरेको छ ।

विशेषज्ञहरूका अनुसार अटिजमको मुख्य कारण अझै स्पष्ट नभए पनि वंशाणुगत कारणलाई महत्वपूर्ण मानिन्छ । अटिजमलाई रोग नभई अपाङ्गता मान्यता दिइएको छ र समाजमा सचेतना बढाउन निरन्तर पहल आवश्यक छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: