धनकुटा । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसरमा नेकपा (एमाले) धनकुटाले आज मौन र्यालीसहित जनप्रदर्शन गरेको छ ।
मदनचोकबाट सुरु भएको र्याली हुलाकटोल, भीमनारायण चोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, टुँडिखेल हुँदै पुनः मदनचोकमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीहरूले ‘नेपालको संविधान २०७२ को रक्षा गरौँ’, ‘प्रतिगामी तत्त्व होसियार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
कोणसभामा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालको संविधान २०७२ लाई संसारकै उत्कृष्ट संविधान भन्दै यसको रक्षा सबैको जिम्मेवारी भएको बताए। जेन–जी आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले आपराधिक तत्त्वहरूको घुसपैठका कारण राज्यले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरे।
यसैबीच, संविधान दिवस २०८२ धनकुटामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। बिहान बसपार्कस्थित सहिद स्तम्भमा माल्यार्पणपछि सद्भाव र्याली निकालिएको थियो। भीमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भीमसेनथान, परिचय मोड, मदनचोक हुँदै बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो।
सो अवसरमा कोशी प्रदेशसभा सांसद इन्द्रमणि पराजुलीले सहिदले आहुती दिएर ल्याएको संविधान सबैले रक्षा गर्नुपर्ने बताए। जेन–जीका जायज माग सम्बोधन गर्दै कमजोरी सच्याउँदै दलहरू अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
सद्भाव र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र मानव अधिकारकर्मीको सहभागीता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: