Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

दशैंको बजार: भीड त बढ्यो, व्यापार भने घट्दै

खबरडबली संवाददाता

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले अस्थिर बनेको बजार क्रमश: सामान्य अवस्थामा फर्किँदैछ, तर दशैँको बेला पनि भीड बढ्दा व्यापार अझै पूर्वजस्तो छैन।

काठमाडौं उपत्यकाका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता मुख्य हाटबजारमा दशैँको किनमेल गर्न मानिसको चहलपहल बढ्न थालेको छ। तर व्यापारीहरूले भने यो भीडलाई व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने हिसाबले देखेका छैनन्।

न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ता भन्छिन्, “बजारमा भीड बढेको छ, तर व्यापार सोचे जस्तो भएको छैन। अहिले मान्छे आवश्यक सामान मात्र किन्ने भएकाले अति आवश्यक वस्तुको बिक्री मात्रै भइरहेको छ। हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यस्तता छैन।”

असनकी व्यापारी प्रभा श्रेष्ठ पनि व्यापारमा गिरावट देखिएको बताउँछिन्। “आन्दोलनको असर अझै रहेको छ। हिजोबाट चहलपहल सुरु भएको छ, तर फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ। यसपालि गत वर्षभन्दा कम नै छ।”

न्यूरोडका नयाँ व्यापारी रमेश श्रेष्ठले भने, “आन्दोलनले सामान्य व्यापारीलाई धेरै समस्या दिएको छ। बाहिर बजारमा व्यापार होला, तर भित्री बजार प्रभावित छ। विगत वर्षको तुलना गर्दा व्यापार घटेको छ।”

त्यसो भए पनि, केही व्यापारीको अनुभव भने फरक छ। न्यूरोडकी रेखा पौडेल श्रेष्ठले दशैँको बेला व्यापार सामान्य भएको र पसलहरू भरिभराउ रहेको बताइन्।

ग्राहकहरूले पनि मूल्यवृद्धि र सामानको गुणस्तरमा असर देखाएको अनुभव सुनाए। बिपना प्याकुरेल भन्छिन्, “आन्दोलनले गर्दा सामानको मूल्य बढेको छ। पाँच सयदेखि हजार रुपैंयाँसम्म मूल्य वृद्धि देखिएको छ।”
ग्राहक बिमल गिरीले पनि यसलाई स्वीकार्दै भने, “मन्दीको बेला व्यापारीले मूल्य बढाउने प्रयास गर्छन्, जसले व्यापारमा फाइदा हुँदैन।”

विशेषज्ञहरूले विश्लेषण गरेका अनुसार, दशैँको बजारमा भीड बढ्दा तत्कालीन अवस्था सामान्य देखिन्छ, तर राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनका कारण व्यापारमा पूर्ण प्रतिफल देखिने अवस्था अझै छैन।

संक्षेपमा, दशैँको बजारमा भीड त बढिरहेको छ, तर व्यापारी र ग्राहक दुवैका अनुभवले संकेत गर्छ – भव्य पर्व भए पनि आर्थिक गतिशीलता पूर्ण रूपमा स्थिर भएको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending