दोहा । अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् । तालिवान अधिकारीहरूले फेब्रुअरीमा ८० वर्षीय पिटर रेनोल्ड्स र उहाँकी पत्नी ७६ वर्षीया बार्बीलाई मध्य अफगानिस्तानको बामियान प्रान्तमा आफ्नो घर फर्कने क्रममा पक्राउ गरेका थिए ।
अफगानिस्तानी नागरिकता लिइसकेका रेनोल्ड्स र बार्बीले अफगानिस्तानको शैक्षिक उन्नतिका लागि करिब दुई दशकदेखि काम गर्दै आएका थिए । उनीहरूले विशेष गरी महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । वृद्धद्वयको स्वास्थ्यको चिन्तापछि उनीहरूलाई कतारको मध्यस्थतामा शुक्रबार मुक्त गरिएको थियो भने उनीहरू शुक्रबार नै एक उडानमार्फत कतारको राजधानी दोहा पुगेका थिए ।
स्वास्थ्य परीक्षण पूरा गरेर उनीहरू शनिबार व्यावसायिक उडानबाट लन्डन जाने बताइएको छ । रेनोल्ड्सले सन् १९७० मा काबुलमा विवाह गरेका थिए र लगभग दुई दशक अफगानिस्तानमा बसेर महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । अफगानिस्तानमा शैक्षिक तथा सामाजिक कामसँगै उनीहरूले अफगानी नागरिकता प्राप्त गरेका थिए ।
शुक्रबार दोहा प्रस्थान गर्नुअघि, काबुल एयरपोर्टको धावनमार्गमा एक विमान नजिकै दाह्री पालेका आफ्ना पतिको छेउमा रातो स्कार्फ लगाएर उभिएकी बार्बीले संक्षिप्तरूपमा भने, “हामीलाई धेरै राम्रो व्यवहार गरिएको छ । अहिले हामी हाम्रा बच्चालाई भेट्न आतुर छौँ ।”
कतारले उनीहरूको रिहाइका लागि वार्तालाई सहजीकरण गरेको थियो । रिहाइपछि उनले भने, “यदि हामीले अफगान सरकारबाट अनुमति पाउछौँ भने अफगानिस्तान फर्कन चाहन्छौँ । हामी अफगान नागरिक भइसकेका छौँ ।” सन् २०२१ मा तालिबान सत्तामा फर्किदा बेलायती दूतावासको सल्लाह विरुद्ध उनीहरू अफगानिस्तानमै रहेका थिए ।
अफगानिस्तानका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बल्खीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा उक्त दम्पतीलाई अफगानिस्तानका लागि बेलायतका विशेष प्रतिनिधि रिचर्ड लिन्डसेलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको छ । “अफगानिस्तानको कानुन मिचेका दुई बेलायती नागरिक पिटर र बारबरा रेनोल्ड्सलाई न्यायिक प्रक्रियापछि हिरासतबाट रिहा गरिएको छ,” बल्खीले भने ।
संयुक्त राष्ट्रसङ्घका विज्ञका अनुसार ती दम्पतीलाई पहिले अधिकतम सुरक्षा केन्द्रमा राखिएको थियो तर पछि ‘दिनमा पनि उज्यालो नदेखिने’ भूमिगत कोठरीमा राखिएको थियो र त्यसपछि उनीहरूलाई काबुलको गुप्तचर सेवामा स्थानान्तरण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: