सिन्धुपाल्चोक । भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय गरेको छ । जेनजी समूहले सेयरको मागसहित आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावर कम्पनीबीच सहमति भएको हो ।
४५ मेगावाट क्षमताको उक्त आयोजनामा सेयरको माग राख्दै जेनजी समूहले एक सातादेखि उत्पादन बन्द गराएको थियो । आयोजनाले असोज २ गते जेनजी समूहलाई अलग राखी गाउँपालिका कार्यालयमा गोप्य वार्ता सुरु गरेपछि समूहले असन्तुष्टि जनाउँदै कार्यालयमा तोडफोड गरेको थियो ।
स्थिति तनावपूर्ण बनेपछि भोटेकोशी पावर प्रालिका बबिन प्रधान र प्रेम साउद, जेनजी समूहका प्रतिनिधि फुर्पा शेर्पा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पा र वडा नं. ३ का अध्यक्ष निमा शेर्पाले वार्ता गर्दै १० प्रतिशत सेयर निःशुल्क दिने सहमति गरेका छन् ।
जेनजी प्रतिनिधि फुर्पा शेर्पाका अनुसार भोटेकोशी इन्भेस्टमेन्ट प्रालिको नाममा उक्त सेयर कायम गर्ने र तत्काल ५२ जना जेनजी समूहका सदस्यलाई कम्पनीको बोर्डमा समावेश गर्ने निर्णय भएको छ। सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने उल्लेख छ । सहमतिपछि हाइड्रोपावरले असोज २ गते बेलुकीदेखि नै उत्पादन सुरु गरेको छ ।
भोटेकोशी पावर प्रोजेक्टले २०५७ सालदेखि विद्युत् उत्पादन गर्दै आएको हो । सुरुमा ३६ मेगावाटबाट सुरु भएको आयोजनाले केही समयपछि नौ मेगावाट थप गरी हाल ४५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको बाँध भोटेकोशी गाउँपालिका–२ दसकिलोमा र पावरहाउस झिर्पुमा रहेको छ । आयोजनालाई निकट भविष्यमा सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: