Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

देउवालाई हटाउने गगन-विश्वको प्रस्तावले कांग्रेसमा तरंग, संस्थापन पक्षले भन्यो- स्वीकार्य हुँदैन

खबरडबली संवाददाता

काठमाडौं ।  जनआन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचाररत रहँदा पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको प्रस्ताव ल्याएपछि कांग्रेसभित्र नयाँ बहस र विवाद सुरु भएको छ।

शुक्रबारको कार्यसम्पादन समिति बैठकमा थापा र शर्माले विशेष महाधिवेशन बोलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, बैठकले उक्त प्रस्ताव अस्वीकार गर्‍यो। उनीहरूको प्रस्तावलाई असमयिक र संकटको बेला अनुचित भन्दै संस्थापन पक्ष र वरिष्ठ नेताहरूले आलोचना गरेका छन्।

आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी, काठमाडौंमा बसेको भेटघाटमा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महत सहभागी थिए। 

बैठकमा सहभागी नेताहरूले पार्टी संवेदनशील अवस्थामा रहँदा एकता आवश्यक रहेको भन्दै नेतृत्व परिवर्तनको प्रस्तावलाई अस्वीकार गरे।

नेता सिटौलाले संकटका बेला पार्टीलाई विभाजित गर्ने होइन, मिलेर अघि बढ्नुपर्ने बताए। उनले भने, 'देश संकटबाट गुज्रिरहेको बेला पार्टीभित्र विवाद होइन, सहकार्य र एकता जरुरी छ। दुई महामन्त्री किन हतारिए भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।'

त्यसपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनमार्फत महामन्त्रीद्वयको अभिव्यक्तिको प्रतिवाद गरे। 'घाइते अभिभावकको उपचार हुँदै गर्दा यस्ता प्रस्ताव ल्याउनु अनुचित हो' महतले भने, 'यो घाउमा नुन छर्ने जस्तो हो। अहिलेको आवश्यकता पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने हो, विवाद बढाउने होइन।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending