काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार र छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले “दसैं–तिहार–छठ अफर २०८२” अन्तर्गत एफटीटीएच जडानदेखि मोबाइल सेवासम्ममा छुट तथा सहुलियत प्याकेज उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकलाई रु. ५०० बराबरको जडान शुल्क मिनाहा गरिनेछ।
त्यसैगरी, जीएसएम मोबाइल सेवाका प्रयोगकर्ताका लागि विशेष डाटा प्याकेज उपलब्ध हुनेछ। रु. ४९९ मा “फेस्टिभल अनलिमिटेड” प्याकेजमार्फत दैनिक ५ जीबी डाटा, त्यसपछि २ एमबीपीएस गतिमा अनलिमिटेड प्रयोग गर्न सकिने बताइएकाे छ ।
यसैगरी रु. ६९९ मा “फेस्टिभल अनलिमिटेड प्रिमियम” प्याकेजमार्फत दैनिक १० जीबी डाटा, त्यसपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ।
याे अबसरमा टेलिकमले भ्वाइस र एसएमएस सेवामा पनि छुटका अफर घोषणा गरेको छ। यसमा रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहित “जॉयफुल मिनेट्स” प्रदान गरेकाे छ ।
यसैगरी रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधा सहित “फेस्टिभ म्यासेज प्याकेज” समेत उपलव्ध गराएकाे छ ।
यी प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिका लागि लागू हुनेछन्। जीएसएम प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेज लिन सक्नेछन्।
नेपाल टेलिकमले यस अफरमार्फत पर्वको समयमा आफन्तसँग सम्पर्कमा रहन, खुशी बाँड्न र डिजिटल सेवाको प्रयोग बढाउन मद्दत गर्ने विश्वास लिएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: