Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘मन्त्रीज्यू, शिक्षा ऐन के हुन्छ अब ?’ महावीर पुनको उत्तर– ‘त्यो थाहा छैन’

खबरडबली संवाददाता

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि सिंहदरबार पुगेर उनले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिंदै मन्त्री पुनले शिक्षा क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै आफूले विज्ञहरूसँग सल्लाह गरेर मात्र अघि बढ्ने बताए। उनले भने, “म कुनै पनि कुरा एक्लै निर्णय गर्ने दाबी गर्दिनँ। विज्ञहरूको टोली बनाउँछु र उनीहरूले दिने सल्लाहअनुसार काम गर्छु।”

सञ्चारकर्मीहरूले सोधेको “मन्त्रीज्यू, शिक्षा ऐनचाँही के हुन्छ अब ?” भन्ने प्रश्नमा उनले हल्का मुस्कानसहित उत्तर दिए, “त्यो थाहा छैन, विज्ञहरूको टोलीले सुझाव दिन्छ, म त्यसैअनुसार अघि बढ्छु।”

पुनले शिक्षा क्षेत्रमा निशुल्कताको बहसबारे समेत प्रष्ट पारे। उनले भने, “मले भन्दैमा शिक्षा निशुल्क हुँदैन। जब देश समृद्ध हुन्छ, तब नेपालीले आफैं निशुल्क शिक्षा पाउँछन्।”

राष्ट्रिय आविष्कार केन्द्रमार्फत लामो समयदेखि नवप्रवर्तन र प्रविधिको क्षेत्रमा सक्रिय पुनलाई यसपटक सोही प्रकृतिको मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई शिक्षा क्षेत्रमा जोड्दै देशलाई अघि बढाउन चाहेको उल्लेख गरे।

मन्त्री पुनले पदभार ग्रहण गर्ने क्रममा आफूले “व्यावहारिक र दीर्घकालीन सुधारलाई प्राथमिकतामा राख्ने” पनि बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending