Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बाजुरामा गाउँमै थन्कियाे बाहुनीका प्याज

खबरडबली संवाददाता

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ । 

बाहुनीका झण्डै ३५ घरपरिवारले व्यावसायिक रुपमा प्याज खेती गर्दै आएका छन् । उनिहरुको मुख्य पेशा प्याज खेती नै हो । तर उनिहरुले राम्रो मेहनत गरेर उप्तादन गरेको प्याजले समयमै बजार पाउने गरेको छैन ।

समयमै बजार नपाउँदा तथा बजार पाए पनि त्यसले राम्रो मूल्य नपाउँदा अहिले यहाँका किसानले उत्पादन गरेको अर्गानिक प्याज विगत चार महिनादेखि गाउँमै थन्किएको छ । गाई गोरुको मल प्रयोग गरेर उत्पादन गरेको अर्गानिक प्याजले राम्रो मूल्य नपाउँदा गाउँमै थन्किएको डिबिएस कृषि पशुपंछी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालक वीरभान विकले बताए । 

उनले भने, “बाहुनीमा प्याज राम्रो उत्पादन हुन्छ । प्याज राम्रो उत्पादन हुने गरेकोले अहिले यसलाई यो प्याज पकेट क्षेत्रका रुपमा विस्तार गर्दै आएको छ । यहाँ प्याज राम्रो उत्पादन हुने गरेको भए पनि किसानलाई भने बिक्री गर्न समस्या हुने गरेको छ । ”

राम्रो मूल्य पाउँनका लागि प्याज लामो समय स्टोर गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिस्यान केन्द्रको  व्यवस्था हुनुपर्छ । त्यो  यहाँ छैन । त्यसैले राम्रो मूल्यको पर्खाइमा प्याज गाउँमै सड्ने अवस्था भएको बिकले बताए । 

यहाँका किसानले असोजमा बेर्ना राखेर मङ्सिरमा सार्ने गर्छन् । त्यसपछि त्यसलाई असारमा निकाल्छन्  । करिब १० महिनाको लगानीपछि प्याज भित्र्याउने गर्छन् । उत्पादन गर्दा दश महिना लाग्ने गरेको प्याज बिक्री गर्दा त्योभन्दा बढी समय लाग्ने गरेकोले यतिबेला यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन् । गाउँमा प्याज केन्द्र मात्र स्थापना गरेको छ । त्यसमा लामो समयसम्म प्याज राख्न हुँदैन । त्यसका लागि चिस्यान केन्द्रको नै व्यवस्था हुनुपर्छ । अहिले सम्म त्यसको केही व्यवस्था गरेको छैन् ।

यहाँका किसानले हिउँदे खेती गहुँ उत्पादन गर्ने ठाउँमा अहिले प्याज पकेट क्षेत्र बनाएका छन् । प्याज पनि राम्रो उत्पादन हुन्छ । यहाँ प्रत्येक वर्ष ४ देखि ५ सय क्विन्टल प्याज उत्पादन हुन्छ । तर त्यो प्याजले कहिल्यै पनि राम्रो मूल्य पाउने गरेकाे छैन् ।

पहिला प्रदेशले ढुवानी अनुदान रोकिदिएको थियो । यतिबेला बल्ल त्यो खुलेको छ । यसका लागि यहाँका किसानले कार्यालयमा निवेदन गर्नुपर्छ । त्यसको म्याद असोज ८ गतेसम्म छ । त्यो दिनभित्र निवेदन दिएपछि हामीले अत्तरिया, सुर्खेत र नेपालगञ्जमा रहेका तरकारी पसलसम्म ढुवानीको व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । 

गाउँमा एकदमै अर्गानिक प्याज उत्पादन भएको छ । तर त्यसले राम्रो मूल्य पाएन । किसानले राम्रो मूल्य पाउने गरी हामीले त्यसलाई  केही समयसम्म टोर गर्न लगाएका थियौ । उनका अनुसार बजारमा प्याजको माग बढ्न थालेको छ । हामीले पनि प्याजलाई गाउँदेखि पीलिचौरसम्म ढुवानी गरिएको छ ।

त्यहाँदेखि पनि अनुदानको व्यवस्था गरेर सहरमा बिक्री गर्ने तयारी भइरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: