धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत दैनिक १५–२० किलो सिस्नु संकलन गरी चैते सामुदायिक वनले सञ्चालन गरेको सिस्नु प्रशोधन केन्द्रमा पुर्याउँछन् । उनले प्रतिकिलो ८० रुपैयाँको दरमा बिक्री गर्दै फुर्सदको समयमा नै उल्लेखनीय आम्दानी गरिरहेका छन् । बस्नेतजस्तै अन्य स्थानीय बासिन्दा पनि हाल सिस्नु संकलन र बिक्रीमार्फत आम्दानी बढाउँदै आएका छन् ।
पहिले पहाडका गाउँघरमा घाँसपात वा खेतीपाती गर्दा पोल्ने भएकाले सिस्नुलाई टाउको दुखाइ मानिन्थ्यो । तर पछिल्ला वर्षमा चैते सामुदायिक वनका उपभोक्ता र आसपासका बासिन्दाले यसको संरक्षण र खेती गर्दै सिस्नुलाई आम्दानीको स्रोत बनाएका छन् । सामुदायिक वनले सिस्नु प्रशोधन गरेर धुलो र तीनपाते मुना (सुक्खा पात) उत्पादन सुरु गरेपछि स्थानीयले व्यावसायिक रूपमा खेती गर्न थालेका हुन् । ३६५ हेक्टरमा फैलिएको यस वनको करिब १० प्रतिशत क्षेत्रमा सिस्नु फस्टाएको छ । गत आर्थिक वर्षमा करिब एक हेक्टरमा व्यावसायिक खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए ।
हाल दैनिक ४०–५० किलो सिस्नु संकलनबाट ५–६ किलो धुलो उत्पादन हुन्छ । “हामी गुणस्तर परीक्षणपछि लेबलिङ र प्याकिङको तयारीमा छौँ । उत्पादन क्षमता विस्तार गरेपछि दैनिक करिब ४ सय किलोसम्म आपूर्ति गर्न सक्नेछौँ,” अध्यक्ष खड्काले बताए । सामुदायिक वनले हाल सिस्नुको धुलो प्रतिकिलो २ हजार रुपैयाँ र तीनपाते मुना प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयमार्फत २०८१/८२ आर्थिक वर्षमा १० लाख रुपैयाँ लागतको सिस्नु सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराइएको छ ।
पहिले गाउँघरमा मात्र खाइने सिस्नु अहिले शहरका होटेल र रेस्टुरेन्टसम्म लोकप्रिय बनेको छ । “वसन्तपुरमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्छ,” स्थानीय होटेल व्यवसायी हेमराज बानियाँले बताए । सिस्नुमा प्रशस्त प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । उत्पादन गरिएको धुलो अहिले वसन्तपुरका होटेल मात्र नभई जिल्लाबाहिरका ठूला होटेलसम्म पुग्ने गरेको छ । विदेशबाट समेत माग बढ्दो छ तर लेबलिङ प्रक्रिया पूरा नभएकाले निर्यात सुरु भएको छैन । “माग धेरै छ, उत्पादन बढाउने तयारीमा छौँ,” सामुदायिक वनकी सदस्य रेणुका खड्काले बताइन् ।
सिस्नुको बढ्दो मागका कारण सामुदायिक वनभित्रका साथै निजी जमिनमा पनि खेती विस्तार गर्न स्थानीयलाई प्रोत्साहन गरिएको छ । पहिले टाउको दुखाइको रूपमा चिनिएको सिस्नु अहिले ग्रामीण आम्दानीको आकर्षक विकल्प बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: