Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

धनकुटामा सिस्नुबाट आम्दानी

खबरडबली संवाददाता

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत दैनिक १५–२० किलो सिस्नु संकलन गरी चैते सामुदायिक वनले सञ्चालन गरेको सिस्नु प्रशोधन केन्द्रमा पुर्‍याउँछन् । उनले प्रतिकिलो ८० रुपैयाँको दरमा बिक्री गर्दै फुर्सदको समयमा नै उल्लेखनीय आम्दानी गरिरहेका छन् । बस्नेतजस्तै अन्य स्थानीय बासिन्दा पनि हाल सिस्नु संकलन र बिक्रीमार्फत आम्दानी बढाउँदै आएका छन् ।

पहिले पहाडका गाउँघरमा घाँसपात वा खेतीपाती गर्दा पोल्ने भएकाले सिस्नुलाई टाउको दुखाइ मानिन्थ्यो । तर पछिल्ला वर्षमा चैते सामुदायिक वनका उपभोक्ता र आसपासका बासिन्दाले यसको संरक्षण र खेती गर्दै सिस्नुलाई आम्दानीको स्रोत बनाएका छन् । सामुदायिक वनले सिस्नु प्रशोधन गरेर धुलो र तीनपाते मुना (सुक्खा पात) उत्पादन सुरु गरेपछि स्थानीयले व्यावसायिक रूपमा खेती गर्न थालेका हुन् । ३६५ हेक्टरमा फैलिएको यस वनको करिब १० प्रतिशत क्षेत्रमा सिस्नु फस्टाएको छ । गत आर्थिक वर्षमा करिब एक हेक्टरमा व्यावसायिक खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए ।

हाल दैनिक ४०–५० किलो सिस्नु संकलनबाट ५–६ किलो धुलो उत्पादन हुन्छ । “हामी गुणस्तर परीक्षणपछि लेबलिङ र प्याकिङको तयारीमा छौँ । उत्पादन क्षमता विस्तार गरेपछि दैनिक करिब ४ सय किलोसम्म आपूर्ति गर्न सक्नेछौँ,” अध्यक्ष खड्काले बताए । सामुदायिक वनले हाल सिस्नुको धुलो प्रतिकिलो २ हजार रुपैयाँ र तीनपाते मुना प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयमार्फत २०८१/८२ आर्थिक वर्षमा १० लाख रुपैयाँ लागतको सिस्नु सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराइएको छ ।

पहिले गाउँघरमा मात्र खाइने सिस्नु अहिले शहरका होटेल र रेस्टुरेन्टसम्म लोकप्रिय बनेको छ । “वसन्तपुरमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्छ,” स्थानीय होटेल व्यवसायी हेमराज बानियाँले बताए । सिस्नुमा प्रशस्त प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । उत्पादन गरिएको धुलो अहिले वसन्तपुरका होटेल मात्र नभई जिल्लाबाहिरका ठूला होटेलसम्म पुग्ने गरेको छ । विदेशबाट समेत माग बढ्दो छ तर लेबलिङ प्रक्रिया पूरा नभएकाले निर्यात सुरु भएको छैन । “माग धेरै छ, उत्पादन बढाउने तयारीमा छौँ,” सामुदायिक वनकी सदस्य रेणुका खड्काले बताइन् ।

सिस्नुको बढ्दो मागका कारण सामुदायिक वनभित्रका साथै निजी जमिनमा पनि खेती विस्तार गर्न स्थानीयलाई प्रोत्साहन गरिएको छ । पहिले टाउको दुखाइको रूपमा चिनिएको सिस्नु अहिले ग्रामीण आम्दानीको आकर्षक विकल्प बनेको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: