Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

फ्रान्सेली फरवार्ड डेम्बेलेले जिते बेलन डे’अर

खबरडबली संवाददाता

काठमाडौँ । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष समारोहमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बेलन डी’ओर जितेका छन्। 

पेरिस सेन्ट जर्मेन (पीएसजी) को ऐतिहासिक सफलताको मुख्य नायक बनेका डेम्बेलेको उत्कृष्ट प्रदर्शनकै कारण क्लबले पहिलोपटक युरोपेली च्याम्पियन्स लिग उपाधि उचालेको हो।

गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पीएसजीले इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यससँगै पीएसजीले फ्रान्सेली लिग र फ्रान्स कप समेत आफ्नो नाममा गर्दै सिजन ट्रेबल जितेको हो।

डेम्बेले बेलन डी’ओर जित्ने छैटौं फ्रान्सेली खेलाडी बनेका छन्। २८ वर्षीय डेम्बेले यसअघि बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलेका थिए। उनी सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्यसमेत थिए।

महिलातर्फ, स्पेनकी आइटाना बोनमटीले लगातार तेस्रो वर्ष बेलन डी’ओर जित्दै आफ्नो दबदबा कायम राखेकी छन्। पुरुषतर्फ डेम्बेलेपछि बार्सिलोनाका १६ वर्षीय किशोर प्रतिभा लामिन यामल दोस्रो स्थानमा रहे।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंको रिहाइ माग्दै नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्...

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले, एकल बहुमतको लक्ष्य

काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक...

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा ब...

चुनावअघि मुद्दाको टुङ्गो नलागे रवि लामिछानेलाई कस्तो अप्ठ्यारो पर्न सक्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल संशोधन गर्न कास्की जि...

राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग गरौँ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसर...

पूर्वराजा ज्ञानेन्द्र निर्वाचनको विपक्षमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनविरोधी शक्ति र आवाजहरूको स्वामित्व लिँदै त्यसअघि राष्ट्रिय सहमति र...

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

काठमाडौँ । आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।  सहिद द...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र...

प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर

काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको व...

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ: कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE