काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैको जेनजी आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक संरचना ध्वस्त भएपछि लगानीकर्ताले आफ्नो पूँजीको सुरक्षा प्रश्न गर्ने अवस्था आएको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले आन्दोलनले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत नोक्सान गरेको बताए ।
“उद्योग र व्यवसायमा प्रत्यक्ष असर पारेको छ । लगानीकर्ताका लागि लगानीको सुरक्षा नै पहिलो कुरा हो । त्यसलाई सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्छ,” उनले भने ।
अल्पकालीन र दीर्घकालीन रणनीतिको आवश्यकता
पाण्डेका अनुसार अर्थतन्त्रलाई संकटबाट उठाउन तत्कालीन राहत र दीर्घकालीन सुधार दुवै खालका रणनीति आवश्यक छन् । ठूला उद्योगलाई निश्चित अवधिसम्म सहुलियत दिनुपर्ने र वित्त तथा मौद्रिक नीतिमा विशेष सुविधा दिन सकिने उनको सुझाव थियो ।
“अब छिट्टै माथि उठ्नका लागि वित्तीय र मौद्रिक नीतिले स्पष्ट मार्गनिर्देशन गर्नुपर्छ । कानुनी प्रणाली पनि छरितो र लगानीमैत्री बनाउन जरुरी छ,” उनले जोड दिए ।
शिक्षा र श्रम उत्पादनशीलतामा प्रश्न
अध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा ठूलो लगानी भएको तर प्रतिफल अपेक्षा अनुसार नआएको उल्लेख गरे । “शिक्षा प्रणालीलाई फेरबदल गरेर उत्पादनशीलतामा जोड दिनुपर्ने देखिएको छ,” उनले भने, “शिक्षामा लगानी धेरै छ, तर प्रतिफल न्यून छ । अब श्रम बजार र उद्योगसँग जोड्ने किसिमको शिक्षा आवश्यक छ ।”
ज्वाइन्ट भेन्चर लगानी प्रभावित
उनले केही समयअघि नेपालमा ज्वाइन्ट भेन्चरमार्फत ठूला लगानी आउन लागेको भए पनि जेनजी आन्दोलनका कारण त्यो प्रक्रिया प्रभावित भएको बताए ।
“विदेशी लगानीकर्ताले राजनीतिक स्थिरता र सुरक्षालाई प्राथमिकता दिन्छन् । आन्दोलनले असुरक्षाको सन्देश दिएकोले लगानी रोकिएको हो,” पाण्डेले स्पष्ट पारे ।
प्राथमिकता दिनुपर्ने क्षेत्रहरू
पाण्डेका अनुसार अब मुलुकको विकास र अर्थतन्त्र पुनरोत्थानका लागि ऊर्जा, पर्यटन, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक छ । “यी क्षेत्रहरूलाई लक्ष्य गरेर ठोस काम भए मात्र अर्थतन्त्रलाई पुनर्जीवन दिन सकिन्छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: