काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारमा परेका दम्पतीको स्वास्थ्यमा सुधार आएपछि उपचारमा संलग्न चिकित्सकहरूले डिस्चार्ज गर्ने निर्णय गरेका हुन्।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दम्पतीले अस्थायी रूपमा ललितपुरमा बसोबास गर्नेछन्। “सानेपा वा जावलाखेलमध्ये एक ठाउँमा बसाइ हुनेछ,” उनले भने, “जहाँ सुरक्षित र सहज लाग्छ, त्यहीँ बस्ने तयारी छ।”
सानेपास्थित झम्सिखेलमा डा. राणाको माइती घर छ भने जावलाखेलमा उनका भाइ भूषण राणाको निवास छ। तर, पार्टी नेताहरूले सुरक्षाका कारण जावलाखेलको घरभन्दा झम्सिखेलतर्फ झुकाव देखाएका छन्। जावलाखेलको घर भीडभाडको क्षेत्रमा पर्नु र प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) नजिक हुनु सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिएको हो।
देउवाको बूढानीलकण्ठस्थित आवास प्रदर्शनकारी आक्रमणपछि क्षतिग्रस्त भएकाले तत्काल बस्न उपयुक्त छैन। त्यसको पुनर्निर्माण पूरा नहुँदासम्म देउवा दम्पती ललितपुरमै बस्ने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ। आवास व्यवस्थापनका लागि राष्ट्रियसभा सदस्य जितजंग बस्नेत सक्रिय रहेका छन्।
प्रदर्शनका क्रममा धारिलो हतियार प्रहारबाट देउवाको गर्धनमा आठ वटा टाका लगाउनुपरेको थियो। डा. राणाको गर्धनमा समेत चोट लागेको थियो । टाका खोलेर स्वास्थ्य सामान्य बनेकाले अस्पतालले डिस्चार्जको अनुमति दिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: