Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

देशभर ४५ जिल्लामा सहुलियत पसल : कुन सामानमा कति रुपैंयाँ छुट ?

खबरडबली संवाददाता

काठमाडौँ। देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दसैँ, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार काठमाडौँ उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र तथा ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सहुलियत पसल सञ्चालनमा छन् । वार्षिक स्वीकृत कार्यक्रम बजेटको सीमाभित्र रही घटस्थपनाको एक साता अघि अर्थात् भदौ ३० गतेदेखि छठ पर्वसम्म खाद्य कम्पनीका वस्तुहरूको मूल्यमा केही छुट गरी बिक्री वितरण गरिएको उनको भनाइ छ । 

प्रतिकिलो पाँच रुपियाँ छुट

उनका अनुसार सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । यसैगरी, चिनी तथा सबै किसिमका दालहरू, चना, भटमास, केराउ तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपियाँ छुट  दिइएको छ । 

प्रतिकिलो सात रुपियाँ छुट

सबै किसिमका खाने तेल (तोरी, सनफ्लावर, भटमासको तेल) मा प्रतिलिटर सात रुपियाँ तथा चिउरा, आटा, पिठो, मैदामा पनि प्रतिकिलो सात रुपियाँ छुट दिइएको उहाँको भनाइ छ ।

प्रतिकिलो दस रुपियाँ छुट

यसैगरी, चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलो दस रुपियाँ छुट छ ।  जिउँदो खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकिलो दस रुपियाँ छुट दिइएको छ ।

उनका अनुसार देशका ४५ जिल्लाका एक सय ११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गरेको छ । 

४५ जिल्लाहरूमा झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लमजुङ, मनाङ, जोमसोम, रूपन्देही, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, सुर्खेत, रुकुम पश्चिम, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला, कन्चनपुर, अछाम लगायतका जिल्लामा सहुलियत पसल सञ्चालनमा छन् ।  

मिश्रले भने, “सुपथ मूल्य पसल ४५ जिल्लाको एक सय ११ स्थानमा सञ्चालनमा छन् । उपभोक्ताको उपस्थिती पनि एकदम राम्रो छ । दैनिक एक करोडभन्दा बढीको कारोबार भएको छ ।”

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङ्गले काठमाडौँ उपत्यकाभित्र १२ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । यस्तै, देशभरमा आफ्ना कार्यालय रहेका स्थानमा साल्ट ट्रेडिङ्गले सहुलियत पसल सञ्चालन गरेको छ । 

राजभण्डारीले कालीमाटी, सतुङ्गल, कोटेश्वर, काँडाघारी, कौशलटार, जावलाखेल, सिफल, कपन, बालाजु, इमाडोल, महाराजगन्जलगायतका स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । 

उनले भने, “काठमाडौँ उपत्यकाको १२ स्थानमा छ । गएको भदौ ३० गतेदेखि नै सुपथ पसल सुरु भइसकेको छ । चिनीमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपियाँ, तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिइएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending