कैलाली । नेकपा एमालेका युवाहरूले पार्टीभित्रको विकृति, विसंगति र गुटगत स्वार्थविरुद्ध आवाज उठाउँदै नयाँ अभियानको थालनी गरेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको यो अभियानलाई उनीहरूले सुधार र पुनर्गठनको सुरुवातका रूपमा प्रस्तुत गरेका छन् ।
अभियानमा संलग्न युवाहरूको भनाइमा, आत्मालोचनाबिना रुपान्तरण सम्भव छैन, त्यसैले गलत अभ्यासलाई अन्त्य गर्दै पार्टीलाई फेरि जनताको विश्वास जित्ने अवस्थामा पुर्याउनुपर्ने आवश्यकता छ ।
अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीका अनुसार, पछिल्ला चुनावमा टिकट वितरणदेखि पदाधिकारी छनोटसम्म योग्य र इमानदार कार्यकर्ताभन्दा बढी पैसा र सम्बन्धलाई महत्व दिइनु ठूलो कमजोरी हो ।
“हामीले नेतृत्व वा पार्टीविरुद्ध होइन, तर गलत प्रवृत्ति र भ्रष्ट अभ्यास अन्त्य गर्न अभियान थालेका हौँ,” बोगटीले भने, “कैलालीबाट सुरु भए पनि छिट्टै यो अभियान सबै जिल्लामा फैलिन्छ।”
अभियानमा संलग्न युवाहरूले पार्टीभित्र भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएकाहरू र नैतिक आचरणविपरीत काम गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । लामो समयसम्म एउटै नेताले अवसर पाउनुहुँदैन, नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ भन्ने उनीहरूको अडान छ ।
त्यस्तै, निर्वाचन खर्च बढ्दै जाँदा इमानदार कार्यकर्ताले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था बनेको भन्दै खर्चिलो चुनाव प्रणाली अन्त्य गर्न पनि उनीहरूले जोड दिएका छन् ।
अभियानले पार्टीभित्र व्यावहारिक र जनमुखी कार्यशैली विकास गर्नुपर्नेमा जोड दिएको छ । नेताहरूका लागि विमानस्थलदेखि कार्यक्रमस्थलसम्म हुने “जयजयकार संस्कृति” अन्त्य गरी सादा र सरल तरिकाले पार्टी जीवन्त बनाउनुपर्ने युवाहरूको माग छ ।
“पछिल्लो समय पार्टीभित्रका गतिविधिहरूले समाजमा वितृष्णा फैलाएको छ । यो अवस्था तोड्नै पर्छ,” बोगटीले भने, “एमालेमा सुरुवात भएको यो अभियानलाई भविष्यमा सबै पार्टीभित्रै विस्तार गर्न जरुरी छ।”
अभियानका क्रममा युवाहरूले विभिन्न राष्ट्रका आन्दोलन र राजनीतिक पुनर्जागरणका उदाहरण अध्ययन गरेर एमालेलाई फेरि क्रियाशील र गतिशील बनाउन वैचारिक सामग्री तयार गरिरहेका छन् । ती सुझाव र अध्ययनले पार्टीलाई बलियो र लोकप्रिय बनाउन योगदान गर्ने उनीहरूको विश्वास छ ।
सामाजिक सञ्जालमै ‘रिभोल्युसन’
हालका दिनमा सामाजिक सञ्जालमार्फत नै अभियानलाई चर्चित बनाइएको छ । विद्यार्थी नेता, स्थानीय कार्यकर्ता र केही पार्टी नेताहरू समेत सक्रिय रूपमा यसमा जोडिएका छन् । आगामी दिनमा अन्तरक्रिया, छलफल र कार्यशालामार्फत यसलाई औपचारिक रूपमा व्यापक गर्ने तयारी भइरहेको अभियन्ताहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: