Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

१६ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदाता नाम दर्ता गर्ने अवसर

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु हुने भएको छ। 

निर्वाचन आयोगको निर्णयअनुसार मिति २०८२ कातिक असोज ३० गतेसम्म यो कार्य सञ्चालन गरिनेछ।

आयोगका अनुसार यस अवधिमा १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर यसअघि मतदाता नामावलीमा नाम दर्ता नभएका नागरिकहरूले दर्ता गर्न सक्नेछन्। 

दर्ता प्रक्रिया सार्वजनिक विदा बाहेक विहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएको छ।

मतदाता नामावली दर्ता गर्न आयोगको वेवसाइट www.election.gov.np मा प्रि–रजिष्ट्रेशन (applyvr.election.gov.np) प्रणाली प्रयोग गरी आवेदन भर्न सकिनेछ। त्यसपछि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।

आयोगले यस कार्यक्रममा कानुनअनुसार मतदाता हुन योग्यताप्राप्त नागरिकहरूले नाम दर्ता गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। साथै विवाह भई अन्यत्र गएका, बसाइँ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् भने नाम वा विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिनेछ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष पूरा गरेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गरी विवरण अद्यावधिक गर्न आग्रह गर्नु भएकाे छ। उहाँले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागिता जनाई नागरिक अधिकार प्रयोग गर्न सबैलाई आयोगको तर्फबाट हार्दिक अनुरोध गर्नु भएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending