साङ्घाई । चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीहरूलाई कठिनाइमा पारेको अमेरिका–चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँच दिने भ्रमणको अन्त्यमा भने, “यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्याहरू समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेदहरू हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।”
स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले साङ्घाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि पत्रकारहरूसँग कुरा गरेका थिए । उनीहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो ।
स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्गहरू खोल्नु रहेको बताए । उनले भने, “विश्वका दुई ठूला आणविक शक्तिहरूबीच विशेष गरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।”
प्रतिनिधिमण्डलले तीन दिनसम्मको बैठकमा बेइजिङमा प्रधानमन्त्री ली किआङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री डोङ जुनसहितका शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।
यो भ्रमण सन् २०१९ पछि अमेरिकी कंग्रेसका सदस्यहरूको पहिलो चीन भ्रमण हो । सन् २०२३ मा अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको थियो ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना सुनाएको छ र आगामी वर्षको सुरुआतमा चीन भ्रमण गर्ने बताएको छ । तर चिनियाँ पक्षले बैठकको पुष्टि गरेको छैन । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: