Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नेतान्याहुको अमेरिकी भ्रमणअघि प्यालेस्टिनी राज्य मान्यताप्रति तीव्र आलोचना

खबरडबली संवाददाता

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताहरूको आलोचना गरेका छन् ।

उनले वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने र शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्ने तयारी गरेका छन् । उनको टिप्पणी हालै फ्रान्सको नेतृत्वमा महासभाको साइडलाइनमा आयोजित विशेष शिखर सम्मेलनपछि आएको हो । उक्त सम्मेलनमा पश्चिमी सरकारहरूले झन्डै दुई वर्ष लामो गाजा युद्धको पृष्ठभूमिमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका थिए ।

“महासभामा म हाम्रो सत्य बोल्नेछु—इजरायली नागरिक, सैनिक र राष्ट्रको सत्य । म ती नेताहरूको निन्दा गर्नेछु, जसले हत्यारा, बलात्कारी र बालबालिकालाई जलाउनेहरूलाई इजरायलको हृदयमै राज्य दिन चाहन्छन् । यस्तो कहिल्यै हुनेछैन”, नेतान्याहुले बेन गुरियन विमानस्थलमा प्रस्थानअघि भने ।

बुधबार उनले बेलायत र फ्रान्ससहितका मान्यताहरूलाई ‘प्यालेस्टिनी आतङ्कवादप्रति केही नेताहरूको लाजमर्दो आत्मसमर्पण’ भनेका थिए र यसले इजरायललाई बाध्य नगर्ने बताएका थिए ।

वासिङ्टनमा ट्रम्पसँग चौथोपटक भेट गर्ने बताएका नेतान्याहुले युद्धका लक्ष्यहरूबारे ‘हाम्रा सबै बन्धकहरूलाई फिर्ता ल्याउन, हमासलाई पराजित गर्न र शान्तिको दायरा विस्तार गर्न’ छलफल गर्ने बताए ।

अमेरिकी दूत स्टिभ विटकफले ट्रम्पले अरब र इस्लामिक मुलुकहरूलाई ‘गाजासम्बन्धी २१–सूत्रीय शान्ति योजना’ प्रस्तुत गरेको बताए । उनले विस्तृत विवरण नदिए पनि उक्त योजना इजरायल र क्षेत्रीय छिमेकीहरूको चिन्तालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

“हामी आशावादी छौँ र निकट भविष्यमा कुनै सफलता घोषणा गर्न सक्नेछौँ”, उनले महासभाको साइडलाइनमा भने । यसैबीच, गाजामा इजरायली हवाई आक्रमणले बिहीबार कम्तीमा ११ जनाको ज्यान लिएको क्षेत्रीय नागरिक रक्षा प्रवक्ताले एएफपीलाई बताएका छन् ।

हालैका हप्ताहरूमा इजरायली सेनाले गाजा सहरमा भूमि आक्रमण तीव्र पारेपछि लाखौँ मानिसलाई विस्थापित हुन बाध्य बनाएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending