लम्की । कैलालीका तीन स्थानीय तहमा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा सहज पहुँच दिलाउन र उनीहरूको दैनिकी सरल बनाउन १६ प्रकारका ९२ सामग्री वितरण गरिएको हो।
लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ सामग्री र टीकापुर नगरपालिकामा २४ जनालाई २९ सामग्री हस्तान्तरण गरिएको हो। वितरण गरिएको सामग्रीमा ह्विलचियर, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औला लगायतका सामग्री समावेश छन्। कूल लागत १३ लाख ५१ हजार ८४० रुपैयाँ बराबर भएको कार्यक्रम गुडनेवर्स इन्टरनेशनल नेपाल, सेवक नेपाल र स्थानीय सरकारको साझेदारीमा सम्पन्न भएको हो।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीका अनुसार पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको व्यवस्थित अभिलेखीकरण र परिचयपत्र वितरणका लागि विशेषज्ञ चिकित्सकसहितको टोलीलाई नियमितरूपमा परिचालन गरिने छ। उनले भने, “विभिन्न अपाङ्गता भएकालाई सहज जीवनयापनका लागि पालिका प्रतिबद्ध छ।”
सामग्री पाएपछि बालबालिका र अभिभावक दुवै उत्साहित बनेका छन्। जानकी–७ का रामु थारूले कृत्रिम खुट्टा पाएपछि फेरि हिँडडुल गर्न सहज भएको अनुभव सुनाए। चार वर्षअघि घर निर्माणमा मजदुरी गर्ने क्रममा पर्खाल भत्किँदा उनले खुट्टा गुमाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: