न्युयोर्क । उत्तर कोरिया संयुक्त राज्य अमेरिकालाई आणविक हतियारले प्रहार गर्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विकासको अन्तिम चरणमा पुगेको दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले चेतावनी दिएका छन् ।
सियोल र उसका पश्चिमी सहयोगीको दबाब र प्रयास असफल भइरहेका बेला प्योङयाङले आफ्नो आणविक कार्यक्रम कहिल्यै नत्याग्ने अडान दोहोर्याइरहेको छ । “चाहे अमेरिकासँगको वार्तामा प्रभाव जमाउन होस् वा शासनको सुरक्षा सुनिश्चित गर्न, उत्तर कोरिया अमेरिकासम्म पुग्ने क्षमतायुक्त आणविक मिसाइल बनाइरहेको छ”, राष्ट्रपति लीले न्युयोर्क स्टक एक्सचेन्ज भ्रमणका क्रममा भने । उनका अनुसार मिसाइलले अझै पुनः प्रवेश प्रविधि (रि-इन्ट्री टेक्नोलोजी) समाधान गर्न बाँकी छ, तर प्रगति अन्तिम चरणमा पुगेको छ र सफल हुने प्रबल सम्भावना देखिन्छ ।
सम्बन्ध सुधारको वाचा
जुन महिनामा पदभार सम्हालेका राष्ट्रपति लीले आफ्नो पूर्ववर्तीको कठोर नीतिलाई उल्टाउँदै उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने वाचा गरे । तर उनले स्पष्ट पारे, “आणविक विकास, आइसिबिएम प्रवद्र्धन र निर्यातलाई रोक्नु नै प्रमुख लक्ष्य हुनुपर्छ ।” उनले आणविक हतियारको थप उत्पादन रोक्न सक्दा ‘महत्वपूर्ण सुरक्षा लाभ’ प्राप्त हुने पनि बताए ।
उत्तरको क्षमताबारे आकलन
लीका अनुसार उत्तर कोरिया प्रत्येक वर्ष १५ देखि २० आणविक बम बनाउन पर्याप्त सामग्री उत्पादन गर्छ । “यदि नियन्त्रण नगरी छोडियो भने, हरेक वर्ष यसको आणविक भण्डार बढ्दै जाने छ र मिसाइल अझ उन्नत हुने छन्”, उनले चेतावनी दिए ।
प्योङयाङको अडान
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निशस्त्रीकरणलाई अस्वीकार गर्दै हाल रुससँग सैन्य सम्बन्ध बलियो बनाएका छन् । तर आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले भने, “हामी वासिङ्टनसँग वार्ताका लागि खुला छौँ, तर हाम्रो आणविक हतियार सुरक्षित रहने सर्तमा मात्र ।” यसरी, प्योङयाङको बढ्दो क्षमताले क्षेत्रीय सुरक्षा सङ्कट थप गहिरिँदै गएको सन्देश दिएको छ । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: