Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

खुर्कोटलाई नयाँ सहर बनाउने काम सुस्त

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका १२ स्थानलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत २०७० सालदेखि सुरु गरिएको खुर्कोट नयाँ सहर परियोजना एक दशकभन्दा बढी समय बित्दा पनि अपेक्षित भौतिक प्रगति हुन सकेको छैन । सरकारको लक्ष्य २० वर्षभित्र खुर्कोटलाई आधुनिक सहरमा रुपान्तरण गर्ने रहेको छ ।

परियोजनाअनुसार एक लाख जनसंख्या अट्ने पूर्वाधार निर्माण गर्ने योजना छ । २०७० सालमा आयोजना कार्यालय स्थापना भए पनि १२ वर्षपछि पनि काम मनग्गे हुन नसकेको स्थानीयवासी रामकृष्ण श्रेष्ठको गुनासो छ । उनले भने, “जग्गा एकीकृत गरेर सहर बनाउने भन्दै मेरो करिब एक रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर न त तय गरेजस्तो विकास भएको छ, न त जग्गा फिर्ता भएको छ ।”

बर्षेनि करोडौँको बजेट आए पनि काम देखिने गरी अघि नबढेको भिमेश्व खुर्कोट जग्गा विकास उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर देवकोटाले बताए । “अहिलेसम्म नयाँ सहर आयोजनाले भवन मात्रै बनाएको देखिन्छ, अन्य प्रगति खासै छैन,” उनले भने ।

आयोजना कार्यालयका अनुसार ३३२ किसानको ६७८ रोपनी जग्गा एकीकृत गरेर पूर्वाधार निर्माणको काम भइरहेको छ । हालसम्म जग्गा एकीकरणको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ । वि.सं. २०९० सम्म काम सम्पन्न गर्ने लक्ष्यसहित एक अर्ब रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सुरु गरिएको यस परियोजनामा हालसम्म करिब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

हालसम्मका प्रमुख उपलब्धिमा बहुउद्देश्यीय सामुदायिक भवन चारवटा, अस्थायी बसपार्क, खेलमैदान, पार्क, खानेपानीका चार योजना, १६६ सौर्यबत्ती, १६.७ किमी ट्रयाक खोल्ने र स्तरउन्नति सडक, १०.५ किमी कालोपत्रे सडक, ६०० मिटर ढलान, १४ किमी नाला, ३०० मिटर फुटपाथ तथा कभर्ड हल निर्माण रहेका छन् ।

निमित्त आयोजना प्रमुख सन्तोषकुमार निरौलाका अनुसार गुठी जग्गा एकीकरणको समस्या, बजेटको न्यून विनियोजन, मुआब्जा विवाद र गुठी संस्थानलाई दिनुपर्ने क्षतिपूर्तिको बजेट अभावले काम ढिलो भएको हो । वार्षिक बजेटको आकार घटबढ हुँदा पनि लक्ष्यअनुसार काम अघि बढ्न नसकेको उनले बताए । एकीकृत जग्गा फिर्ता गर्ने काम चालु आर्थिक वर्ष ०८२/०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गोलन्जोर गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रेगनराज थापाका अनुसार सबै एकीकृत जग्गामा पुग्ने सडक निर्माण सम्पन्न भइसकेको छ । “नक्साङ्कन सकेर फाइल मालपोत कार्यालयमा पेस भइसकेको छ । तर त्यहाँको प्रक्रिया लामो भएकाले फाइल अड्किएको छ,” उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: