Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

माओवादी बैठकको सन्देश र जेनजी आन्दोलन: राजनीतिक पुनर्गठनको नयाँ मोड

मनोज भट्टराई
मनोज भट्टराई

दुई घटना, एउटै सन्दर्भ

देशको राजनीति अहिले दुई ठूला घटनाले तातेको छ—नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक र भदौ २३ र २४ गते सडकमा भएप्प्को  जेनरेशन -जी (जेनजी) आन्दोलन । फरक स्वरूप र ठाउँमा भए पनि यी दुबै घटनाले एउटा साझा सन्देश दिइरहेका छन्—पुरानो नेतृत्वको ढर्रा अब स्वीकार्य छैन, संरचना र पुस्ता परिवर्तन अपरिहार्य भएको छ। यी घटनाले अहिले नेपालको राजनीति पुनः एक निर्णायक मोडमा पुगेको हो ।
 
यी दुई घटना भिन्न देखिए पनि मूलतः एउटै सन्दर्भसँग जोडिएका छन्—पुरानो नेतृत्वप्रतिको असन्तुष्टि र नयाँ पुस्तारसंरचना खोज्ने चाहना । 

जेनजी आन्दोलन स् पुरानो व्यवस्थाप्रतिको विद्रोह

जेनजी आन्दोलनले पुरै राजनीतिक वातावरण हल्लाइदिएको छ । ृअब पुराना नेताहरूले मात्र भविष्य बनाउन सक्दैनन्, पुस्ता परिवर्तन अनिवार्य रहेकाो युवाहरुको आवाज रहेको छ ।
जेनजी आन्दोलनको मूल स्वर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने माग हो । आन्दोलन सडक, क्याम्पस र सामाजिक सञ्जाल हुँदै गाउँसम्म फैलिएको छ। युवापुस्ताले पुराना नेताहरूले भविष्य बन्देज गरेको भन्दै प्रत्यक्ष प्रतिवाद थालेका छन्।

पुराना नेताहरूको बहिर्गमन, पारदर्शी नेतृत्व चयन सँगै नयाँ पुस्ताको उदय हुन नसक्दा यो आन्दोलन दलीय संरचनाभित्र नभएर सडकमा जन्मिएको हो। अहिले सामाजिक सञ्जालदेखि क्याम्पस, गाउँघरसम्म यसको लहर पुगेको छ।

युवाहरूले “पुराना दलहरूले हाम्रो भविष्य बिगारे” भन्ने धारणा बनाएपछि, राजनीतिमा पुस्ता परिवर्तनको माग अझै तीव्र भएको छ।

माओवादी बैठकः  पुनर्गठनको सन्देश

जेनजी आन्दोलनको दबाबबीच बसेको माओवादी बैठकले विशेष महाधिवेशनको तयारी गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गरी मंसिरमा नयाँ संरचनासहित महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा प्रस्तुत ११ वटा व्यवस्थाले समावेशी प्रतिनिधित्वलाई जोड दिएको छ । हरेक पालिका, शाखा र जिल्लाबाट प्रतिनिधित्व, महिला, दलित, युवा र जेनजी समूहको अनिवार्य सहभागिता,  सातै प्रदेश र प्रवाससम्म समानुपातिक प्रतिनिधित्व, विभाग, आयोग, मञ्च, परिषद् र सहायक संगठनहरूबाट तोकिएका प्रतिनिधि अनिवार्य गरेको छ ।

यसरी हेर्दा माओवादीले संस्थागत ढाँचामार्फत संगठनलाई पुनर्गठन गर्न खोजेको देखिन्छ। यसले तीनवटा स्पष्ट सन्देश दिन खोजेको छ ।

समावेशी प्रतिनिधित्वको विस्तार

११ वटा प्रावधानमार्फत पालिकादेखि प्रवाससम्म सबैलाई प्रतिनिधित्व दिने योजना । महिला, दलित, युवा, जेनजी समूहको अनिवार्य सहभागिता ।

संरचनागत सुधार अन्तरगत पुरानो ढाँचा भङ्ग गरेर पुनःसंरचना गर्ने र केन्द्रीय समिति, प्रदेश, जिल्ला, विभाग, संगठन सबैलाई नयाँ स्वरूपमा ढाल्ने।

नेतृत्व हस्तान्तरणको संकेत
प्रचण्डको प्रस्तावले कम्तीमा नेतृत्व हस्तान्तरणको बहसलाई औपचारिक बनाइदिएको छ । तर नेतृत्व हस्तान्तरण ‘कसलाई’ भन्ने प्रश्न अझै खुला छ।

समानता र भिन्नताः जेनजी आन्दोलन बनाम माओवादी बैठक
आधार जेनजी आन्दोलन माओवादी बैठक
स्वरूप   सडक आन्दोलन संस्थागत बैठक
माग पुराना नेताको बहिर्गमन, नयाँ पुस्ता संरचनागत पुनर्गठन, समावेशी प्रतिनिधित्व
आधार   युवापुस्ता, स्वतःस्फूर्त पुराना कार्यकर्ता, पार्टी नेतृत्व
शैली      प्रत्यक्ष प्रतिवाद आन्तरिक छलफल
चुनौती   संगठनात्मक विकल्प छैन नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब

असन्तुष्टिको साझा पृष्ठभूमि

यी दुई घटनालाई जोड्ने मूल तत्व भनेको असन्तुष्टि हो ।  जेनजी आन्दोलन पुरानो नेतृत्व र उनीहरूको असफलताप्रति मोहभङ्ग हाे भने 
माओवादी बैठक  पार्टीभित्र पुरानो संरचनाले जनतासँग जोडिन नसकेको आत्मस्वीकृति हाे ।

त्यसैले, एउटा आन्दोलन सडकमा गर्जिरहेको छ भने अर्को बैठक पार्टी हलमा आत्ममन्थन गरिरहेको छ। के माओवादीले जेनजीलाई आत्मसात गर्न सक्छ ?  यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण छ।

१. सम्भावनाः  माओवादीले आफैंलाई ‘युवा विद्रोह’ बाट जन्मिएको दल भनेर परिचय दिन सक्छ। त्यसैले जेनजी आन्दोलनलाई राजनीतिक ‘सपोर्ट बेस’ मा बदल्ने सम्भावना छ।

२. अवरोधः  नेतृत्व परिवर्तनबिना युवाले माओवादीलाई विश्वास गर्ने सम्भावना न्यून छ । प्रचण्डजस्ता पुराना नेताको निरन्तर उपस्थितिले जेनजीलाई ‘त्यही पुरानो दल’ भनेर ठेल्न सक्छ।

३. सफलता पाउन आवश्यक कदमः  नेतृत्वमा वास्तविक पुस्ता परिवर्तन ।  संगठनमा पारदर्शिता र जवाफदेहिताको व्यवस्था र आन्दोलनकारी युवासँग प्रत्यक्ष संवाद।

नेतृत्व बहिर्गमनको बहसः वास्तविकता कि औपचारिक ?

जेनजी आन्दोलनले पुराना नेताहरू हटाउनुपर्ने माग गरेको छ। माओवादी बैठकले पनि नेतृत्व बहिर्गमनबारे छलफल अघि बढाएको छ। तर प्रश्न के छ भने—यो बहस वास्तविक हस्तान्तरणको पूर्वतयारी हो, कि केवल औपचारिक बहस ?

यदि प्रचण्डजस्तै नेता फेरि शीर्ष पदमै कायम रहे भने, यो सबै प्रक्रिया केवल ‘संरचना परिवर्तन’मा सीमित हुन्छ। तर नयाँ पुस्तालाई अगाडि ल्याइयो भने यो दलभित्र वास्तविक ‘पोलिटिकल रिफर्म’ हुनेछ।

नेपाली राजनीतिमा नयाँ मोड
जेनजी आन्दोलन र माओवादी बैठकले देखाएको परिदृश्य केवल दल वा आन्दोलनको सीमाभित्र सीमित छैन। यसले समग्र नेपाली राजनीतिलाई नयाँ मोडमा धकेलिरहेको छ।  पुरानो राजनीतिक संस्कृति (नेता केन्द्रित, शक्ति संघर्षमात्र) अब अस्वीकार गरिँदै छ । नयाँ राजनीतिक संस्कृति (युवा नेतृत्व, पारदर्शिता, समावेशिता) को माग बढ्दै छ । 

एउटै लहर, फरक धार

माओवादी बैठक र जेनजी आन्दोलन एउटै लहरका दुई धार हुन् ।  जेनजी आन्दोलन सडकमा ‘नेता हटाओ, नयाँ ल्याओ’ भन्छ। माओवादी बैठक हलमा ‘संरचना सुधारौं, प्रतिनिधित्व बढाऔं’ भन्छ। तर अन्ततः दुवैको गन्तव्य एउटै हो—नेपाली राजनीतिलाई नयाँ पुस्ता, नयाँ सोच र नयाँ संस्कृतितर्फ लैजानु।

अब प्रश्न के छ भने, यो यात्रामा कसले नेतृत्व गर्ने ?  जेनजी आन्दोलनले नयाँ दल जन्माउने ? कि पुराना दल जस्तै माओवादी आफैंलाई सुधारेर नयाँ पुस्ताको प्रतिनिधि बन्ने ? उत्तर अझै खुला छ । तर यति निश्चित छ नेपालको राजनीति अब पुरानै ढर्रामा चल्न सक्दैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending