ओखलढुंगा । कहिले डाक्टर, कहिले नर्स, अनि अहिले ल्याब असिस्टेन्टसमेत हटाइएपछि गाम्नाङटार स्वास्थ्य केन्द्र सुनसान बन्न थालेको छ । स्वास्थ्य सेवाको आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले स्थापन गरिएको यो केन्द्र राजनीतिक निर्णय र पालिकाको प्राथमिकतामा बारम्बार उपेक्षित भएको स्थानीयको गुनासो छ।
सुरुको आशा, पछिल्लो निराशा
अघिल्लो पालिका नेतृत्वले गाम्नाङटारमा रहेको तत्कालीन स्वास्थ्यचौकीलाई स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरेको थियो । यससँगै डाक्टर, स्टाफ नर्स र ल्याब असिस्टेन्टसहित नियमित सेवा सुरु भएको थियो । सामान्य रोग–निदानदेखि प्रसूति र ल्याब परीक्षणसम्म यहाँ हुने भएपछि स्थानीयलाई टाढा धाउनुपर्ने बाध्यता हटेको थियो।
तर पालिका नेतृत्व परिवर्तनसँगै सेवा कटौती सुरु भयो । पहिले डाक्टर हटाइयो । त्यसपछि स्टाफ नर्सलाई पनि सरुवा गरियो । हाल ल्याब असिस्टेन्टसहित ल्याब सुविधा नै बन्द भएपछि स्वास्थ्य केन्द्रमा आधारभूत सेवा पाउनै मुस्किल भएको लिखु गाउँपालिका वडा न ६ का स्थानीय थिरकुमार भट्टराईले बताए । उनले नियोजित रुपमा गाम्नाङलाइ पछिपार्ने काम भएकाे बताए ।
गाम्नाङटारका बासिन्दा भन्छन्– स्वास्थ्य केन्द्र यहाँ भन्दा वडा नम्बर ४ मा स्थानान्तरण गरिएको भए पनि स्थानीयलाई “झुक्याउन मात्र” गाम्नाङटारमा स्वास्थ्य केन्द्र राखिएको थियो । तर वास्तविकतामा यो केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्ने इच्छाशक्ति देखिएन।
स्थानीय भन्छन्, “डाक्टर हटाउँदा पनि हामीले सह्य गर्यौं, तर ल्याब नै बन्द भएपछि स्वास्थ्य केन्द्र भन्ने नाम मात्रै भएको छ। सामान्य परीक्षणका लागि पनि हामीलाई टाढासम्म जानुपर्ने बाध्यता छ।”
इलाका हुलाक पनि हटाइयो
गाम्नाङटारका जनताका लागि अर्को धक्का तब लाग्यो, जब इलाका हुलाक कार्यालय पनि हटाइयो। यससँगै स्वास्थ्यसँगै प्रशासनिक सेवा लिन पनि गाउँलेहरू अन्यत्र धाउनुपर्ने स्थिति आएको छ।
यो अवस्थाप्रति स्थानीय युवाको आक्रोश छ। उनीहरू भन्छन्, “सुविधा दिन नसके सबै कार्यालय, संस्था लैजानु नै राम्रो। जनतालाई धोका दिनुभन्दा सेवा कटौतीको कारण खुलेर भन्नुपर्छ।”
राजनीति र जनताको आवश्यकता
गाउँपालिकामा हुने नेतृत्व परिवर्तनसँगै प्राथमिकतामा पनि परिवर्तन आउने हुँदा यसले सेवामुखी संरचना प्रभावित हुने गरेको छ। गाम्नाङटार स्वास्थ्य केन्द्रको उदाहरण पनि त्यही हो। अघिल्लो नेतृत्वले जनतालाई नजिकै स्वास्थ्य सुविधा उपलब्ध गराउने सोच बनायो, तर पछिल्लो नेतृत्वले त्यसलाई निरन्तरता दिएन।
यस्तो अवस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच झनै कमजोर हुने खतरा हुन्छ । अझ रोगीलाई तत्काल उपचार चाहिने अवस्थामा स्वास्थ्य केन्द्र सुनसान हुनु ठूलो चुनौती हो।
गाम्नाङटारका स्थानीय भन्छन्, पालिका सरकार जनताप्रतिनिधि जिम्मेवार हुनुपर्छ। स्वास्थ्य सेवा कुनै “राजनीतिक लडाइँ” को माध्यम नभई जनताको आधारभूत अधिकार भएको उनीहरूको तर्क छ।
“स्वास्थ्य सेवा रोक्नु भनेको जनताको जीवनसँग खेलवाड गर्नु हो। यो प्रश्न जनताले भोलि चुनावमा पालिका नेतृत्वलाई सोध्नेछन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: