सिरहा । यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चार वटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याण दह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् ।
नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चार वटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।
बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्छन्, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ ।” त्यस्तै स्थानीय महिला अनितादेवी सदाय भन्छिन्, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने ? बनाउन चाहे पनि आर्थिक हैसियत छैन ।”
अर्की स्थानीय कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ । गल्ली र झाडीमा दिसा देखिन्छ । सर्प र बिच्छीको डर पनि उत्तिकै हुन्छ ।”
शौचालयमात्र होइन, यहाँ पानीको पनि चरम अभाव छ । खडौरियामा पाँचवटा हातेकलबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हाते पम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो । “पानीकै स्रोत छैन भने शौचालय कसरी प्रयोग गर्नु ? अस्पतालटोल र थानटोलका बासिन्दा अझै पनि टाढाटाढाबाट पानी ओसार्न बाध्य छन्”, क्लबका अध्यक्ष उमेश विसुङ्केले भने ।
शौचालय जडान गर्नु केवल संरचना बनाउनु मात्र नभएर त्यसको प्रयोग र सफाइ गर्न पर्याप्त पानी चाहिने भएकाले पहिले पानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विसुङ्केको भनाइ छ । गाउँपालिका र सम्बन्धित निकायले खानेपानीको समस्या समाधान नगरी सरसफाइ र शौचालयको कुरा गर्नु सतही मात्र हुने उनको तर्क छ ।
बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीका परिवारसँग बस्नबाहेकको कुनै जग्गा नभएकाले शौचालय निर्माण गर्न समस्या रहेको बताए । उनले भने, “बस्तीमा सार्वजनिक जमिनसमेत अभाव भएकाले सामुदायिक शौचालय बनाउने सम्भावना कठिन देखिएको छ ।” उनले अगाडि थपे, “शौचालयको समस्या समाधान गर्न गाउँपालिकामा पटकपटक छलफल भएको छ । छिट्टै समाधानको बाटो खोजिनेछ ।”
सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ । नर्गीमात्र नभएर जिल्लाका अधिकांश दलित बस्तीमा शौचालय नरहेको कतिपयको भनाइ छ ।
बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै पनि शौचालय नहुनु लज्जास्पद र दुःखद विषय भएको भन्दै यो समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ । सरकार र सरोकारवाला निकायबाट स्थायी, दिगो र समावेशी समाधानको स्थानीयवासी माग गर्दै आएका छन् । यद्यपि, उनीहरूको अवस्था अझै पनि सरकारी ध्यान र प्राथमिकताबाट टाढै देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: